नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधुप्रसाद आचार्य स्थानीय तह समन्वय विभाग प्रमुखमा मनोनित हुनुभएको छ । सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३७ जना केन्द्रीय सदस्यहरुलाई विभाग प्रमुखमा मनोनित गर्दा अर्का केन्द्रीय सदस्य शिव प्रसाद हुमागाईले सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभाग प्रमुखको जिम्मेवारी पाउनुभएको छ । सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम केन्द्रीय कार्यसमितिका ३७ जना सदस्यहरूलाई केन्द्रीय विभागहरूको प्रमुखमा मनोनयन गर्नुभएको हो ।
