पहिलो जन आन्दोलन २०४६ पछि काभ्रे जिल्लामा कुनै पनि पत्रिका नियमित प्रकाशन नभएको बेला काभ्रे टाइम्स २०५३ माघ १ देखि प्रकाशन आरम्भ भएको हो । २०६१ माघ १९ को शाही शासनकालमा दूई अंक र कोरोना महामारीमा दूई अकं बाहेक काभ्रे टाइम्स २८ वर्ष देखि नियमित प्रकाशित छ । २०५५ साल देखि प्रेस काउन्सिल नेपालमा वर्गीकरणमा सामेल यो पत्रिका सबै वर्गमा वर्गीकृत भइसकेको छ अर्थात क देखि घ सम्म । हरेक वर्ष प्रेस काउन्सिल नेपालले राष्ट्रिय प्रदेश र स्थानीय पत्र पत्रिका वर्गीकरण गर्नेक्रममा यो वर्ष काभ्रे टाइम्स क वर्गमा परेको छ । यो खुशीमा काभ्रे टाइम्सले आप्mना पाठक, विज्ञापनदाता सम्पूर्ण सञ्चारकर्मी र शुभचिन्तकमा हार्दिक आभार व्यक्त गरेको छ ।
