बनेपा ७ का जी एन सापकोटाले सार्वजनिक सुनुवाईमा बोल्दै अविरल वर्षातको कारण पुण्यमाता खोलामा पानीको कहाव बढेर वरपरीको बस्ती डुवानमा परेको उल्येख गर्नुभयो । बनेपा नगरका प्रमुख शान्ति रत्न शाक्य सहितको जनप्रतिनिधिको प्रयास सकारात्मक प्रयासले स्काभेटर र डोजरको प्रयासबाट खोला खोल्ने कार्य भएपनि दिगो समस्या समाधान नभएको पनौनी देखि बनेपाको करीडोर व्यवस्थित गरी खोलाको सिमाना छुट्टाई वाल लगाउनु पर्ने बताउनुभयो । सहकारीकर्मी बालकृष्ण दाहालले नगर भित्रको सहकारी संस्थाको व्यवस्थित गर्न बचत फिर्ता गर्ने मात्र नभई संस्थाको क्रण असुल गर्ने तिर नगरले एक खालको नीति अघि सार्नुपर्ने बताउनुभयो । सहकारीको समस्यालाई समाधान गर्नुपर्ने उल्लेख गर्नुभयो । सञ्चारकर्मी रमेश प्रसाद न्यौपानेले नगर विकास तर्फ ८९ प्रतिशत प्रगति गरेकोमा धन्यवाद दिदैँ ६ करोड १० हजारबाट बेरुजु घटाएर २ करोड ४० लाख गरेकोमा आगामी दिन शुन्य वेरुजु बनाउन लाग्नु पर्ने बताउनुभयो । त्यस्तै गरी बनेपा नगरपालिकाले फोहोरको दिगो व्यवस्थापन गर्न नसकेको अल्पकालिन रुपमा बनेपाको फोहोर काठमाण्डौ लगेको मै गर्व गरेर बस्नेकी बनेपा वडा नं १२ र १४ को संगम स्थलमा यस अघिको लक्ष्मी नरसिंह बादे नगर प्रमुख हुुँदा चतुरे भन्ने ठाउँमा १४ रोपनी २ आना जग्गा ८० लाखमा खरिद गरेकोमा अहिलेको स्थानीय बनेपा सरकारले केही नगरी बस्नु बनेपा बासीकै अपमान गरेको उल्लेख गर्नुभयो । अहिलेको बनेपा नगरको स्थानीय सरकारका जन प्रतिनिधि आफूहरुले २ वर्षको कार्यकाल वित्दा समेत फोहोर मैला व्यवस्थापनको दिगो समाधानमा वेवास्ता गरेर नागरिकहरुले तिरेको करको अवमूल्यन गरी निदाउनु नगरवासीको लागि ठूलो धोका भएको सञ्चारकर्मी न्यौपानेले बताउनुभयो । अर्का सञ्चारकर्मी नगेन्द्र अधिकारीले बनेपा नगर प्रमुख शान्ति रत्न शाक्य र उपप्रमुख विमला शर्माले मागमा आधारित भनि कार्यकर्तामुखी ३ करोड बजेट विनियोजन गरेर वेथिती निम्ताएको कार्यकर्ता पोस्ने विकासले महत्व नराख्ने तर्क गर्नुभयो । मागमा आधारीत बजेट २ करोड ९१ लाख ५९ हजार ७ सय ८ पूँजीगत खर्च भई ९७ दशमलब २० प्रतिशत खर्च भएको प्रगति प्रतिवेदनमा उल्येख गरेको छ । स्थानीय विपद व्यवस्थापन समिति, वडा शिक्षा समिति, स्थानीय स्वास्थ्य व्यवस्थापन समिति निस्कृय भएको छ । नक्सा अभिलेखीकरणमा समस्या दमकल, शववहान तथा एम्बुलेन्स नभएको एकीकृत खानेपानी गन्तव्यहिन यात्रा, तत्काल समन्वयको आवश्यकता, शिक्षक दरवन्दी व्यवस्थापन भने कार्य विधि अनुसार भएको सवालमा सार्वजनिक सुनुवाईमा सवाल जवाफ भएको थियो ।
बनेपा डुवानको स्थायी समाधान खोज्नु पर्ने, खानेपानी सहज तरिकाले वितरण गर्नु पर्ने, जनताका सामान्य कामलाई नपन्छाई सेवा प्रदान गर्न आग्रह गरिएको छ । कार्यक्रममा प्रशासकिय अधिकृत धुर्बराज नेपाल, जिल्ला समन्वय समति सदस्य चण्डिका मिजार, काभ्रे उद्योग वाणिज्य सघंका अध्यक्ष प्रताप बैद्य, वडाअध्यक्षहरु, जेष्ठनागरिक मञ्चका अध्यक्ष कृष्ण प्रसाद दाहाल बाल सञ्जालका नगर अध्यक्ष रोजी ठाडा मगर लगाएतले मन्तब्य राखेका थिए । कार्यक्रममा विभिन्न सघं सस्थाका प्रतिनिधिहरु, नगरवासी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण संगम महतले गर्नुभएको थियो ।
