IMG-LOGO

अपाङ्गता भएका व्यक्तिको सवालमा रिपोर्टिङ सम्बन्धि सञ्चारकर्मीसँग अभिमुखिकरण

 मंगल, सावन १५, २०८१  ---

      स्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तिकरण केन्द्र (रिमरेक) को आयोजनामा र साझेदार संस्था सिविएस (ग्लोवलको आर्थिक सहयोगमा बुधबार अपाङ्गता तथा रिपोर्टिङ सम्बन्धि सञ्चार कर्मीहरुसँग अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष रमेश गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य संस्थाको मूर्व उपाध्यक्ष मधुसुधन गुरागाईले गर्नु भएको थियो । संस्थाका कार्यकारी निर्देशक गोकुल गौतमले २०५५ श्रावण देखि स्थापना गरी काभ्रे जिल्लका दुरदराजका क्षेत्र डाँडापारी र कोशीपारी क्षेत्रमा उर्ज उत्पादन गरी उज्यालो गाउँ अभियान थालनी गरेको बताउनुभयो । रिमरेक संस्थाले नागरिकहरुमा सामाजिक जागरण ल्याई सचेतना फैलाउने जस्ता कार्य गर्दै आएको कुरा संस्थाका कार्यकारी निर्देशक गौतमले बताउनुभयो । संस्थाका कार्यकारी निर्देशक गौतमले बताउनुभयो । संस्थाले ग्रामीण क्षेत्रको पूर्वाधार क्षेत्रको विकास, झोलुङ्गे पुल जस्ता कार्य विगतमा गर्दै आएको थियो । सहकार्य परियोजना अन्तरगत संस्थाले हाल नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकामा शिक्षा र स्वास्थ्य क्षेत्रमा कार्य गरिरहेको छ । कार्यक्रमको प्रशिक्षक एवं अधिवक्ता मुकुन्दहरि दाहलले सञ्चारकर्मीहरुलाई प्रशिक्षण दिनु भएको थियो । राज्यले अपाङ्गता भएका र अपाङ्गता नभएका व्यक्तिहरु सबैले समान अवसर समान अधिकार प्राप्त गर्ने अवस्था श्रृजना गर्ने राज्यको अभिभावक सरकारले गर्नुपर्छ भन्ने सवालमा अधिवक्ता दाहलले उल्लेख गर्नुभयो । कार्यक्रममा अपाङ्ग मैत्री सञ्चार निर्देशिका २०७३ को कार्यान्वयन गरी सञ्चार माध्यमले उजागर गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे पूर्व अध्यक्ष मोतिराम तिमल्सिना, बर्तमान उपाध्यक्ष सुनिता सापकोटा लगाएत जिल्लाका क्रियाशिल सञ्चारकर्मीको कार्यक्रममा उपस्थिति रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्