रोटरी क्लब अफ काभ्रे बनेपाको २३औं पदस्थापना कार्यक्रम शुक्रबार अरनिको पार्टी प्यालेसमा सम्पन्न भएको छ । रोटरी क्लब अफ काभ्रे बनेपाको वर्ष २०२४ र २०२५ को अध्यक्ष श्याम तिमल्सिनाले पदभहार ग्रहण गर्नुभयो । रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपाल एण्ड भुटानका पूर्व डिष्ट्रिक गभर्नर केशव कुँवरले अध्यक्ष तिमल्सिनालाई र तिमल्सिनाले अन्य पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । पूर्व डिष्ट्रिक गभर्नर कुँवरले बर्ष २०२४–२५ मा क्लव र पदाधिकारीलाई थप जोश जाँगर र सफलता मिलोस् भन्दै शुभकामना समेत व्यक्त गर्नुभयो । कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपाल एण्ड भुटानका असिस्टेन्ट डिष्ट्रिक गभर्नर भुवन कुँवर, रोटरी क्लव अफ काभ्रे बनेपाका प्रेसिडेन्ट इलेक्ट सरिता शाक्य, प्रेसिडेन्ट नोमिनी देवराज भण्डारी लगायतले रोटरीले गरेको सामाजिक योगदानबारे चर्चा गर्नुभएको थियोे । क्लबमा इमिडेट पास्ट प्रेसिडेन्ट केशव वडाल, प्रेसिडेन्ट इलेक्ट सरिता शाक्य र प्रेसिडेन्ट नोमिनी देवराज भण्डारी, भाइस प्रेसिडेन्ट सुनिल लुइटेल र सेक्रेटरी ऋषिराम दाहाल चयन हुनुभयो । कोषाध्यक्ष सरिना शाक्य, सहसचिव डा. सुमन कर्माचार्य, सहकोषाध्यक्ष महेश कायस्थ र निर्देशकहरुमा क्लव प्रशासन चेयरमा कुशल श्रेष्ठ, को–चेयरमा विरबहादुर लामा, सदस्यताको चेयरमा विवश तिमल्सिना, को–चेयरमा भुवन काजी मानन्धर, जनसम्पर्कको चेयरमा ऋषिराम गौतम, को–चेयरमा नरेश शंकर प्रधानाङ्ग चयन हुनुभएको छ । यस्तै, सर्भिस प्रोजेक्ट चेयरमा सुर्यप्रभा शाक्य, को–चेयरमा कमला आले, टिआरएफ चेयरमा हिरा शर्मा नेपाल, को–चेयरमा सुन्दर थापा मगर, सर्जेन्ट एट आम्रस पद्मा शाक्य, सम्पादक सलिस्मा कायस्थ, आइटी, वेव अफिसर रुकेश राजभण्डारी, मेन्टर दमनकुमार श्रेष्ठ, स्ट्राटेजिक प्लानिङमा राजु सरकार, ट्रेनरमा मिलन गुरुङ, सल्लाहकारमा रविन काजी पलाञ्चोके, मानकाजी प्रधान, इश्वरीप्रसाद शर्मा, रघुनाथ घिमिरे, ग्रोवेन तौजले, रामप्यारी बस्नेत बज्राचार्य, रुकमणि सिग्देल चयन हुनुभएको छ ।
