तेमाल गाउँपालिका–८ पानथली स्थित रोशी खोलाको बगरमा डुवि रहेको अवस्थामा एक महिलाको लाश फेला प¥यो । करिव ४०÷४१ वर्ष जस्तो देखिने महिला शरिरमा कपडा नभएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी काभ्रेले जनाएको छ । प्रहरी टोली खटिए पछि बुझ्दा मृतक लाश रोशी गा.पा.९ चिउरीबाँस बस्ने छत्र बहादुर लामाको श्रीमती आरति लामा रहेको भनि श्रीमानले पहिचान गरेको प्रहरीले जनाएको छ ।
