विजिनेश एण्ड प्रोफेश्नल ओमन नेश्नल विपी लब्लु (द्यएध्) को सन् १९७१ की अध्यक्ष अम्बिका श्रेष्ठको निधन प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शनिबार धुलिखेल भिलेज रिसोर्टमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । विजिनेश एण्ड प्रोफेश्नल ओमन विपीडब्लु (द्यएध्) बनेपाको अध्यक्ष इश्वरी बादेको सभापतित्वमा सम्पन्न श्रद्धाञ्जली सभाको प्रमुख अतिथि इन्टरनेश्नल भाइस प्रेसिडेन्ट थाइल्याण्डकी चुलाआर्ट टोयटेङ (ऋजगबिचबत त्यथतष्लन) को प्रमुख आतिथ्यतामा सम्पन्न भयो । उद्यमसिलताको विकास, महिला शसक्तिकरणमा महत्वपूर्ण भूमिका खेल्नु भएकी अम्बिका श्रेष्ठको गत श्रावण ३ गते ९३ वर्षको उमेरमा निधन भएको हो । प्रमुख अतिथि टोयटीङले महिलाहरु उद्यमी व्यवसायी बनेर कार्य गर्दै जाँदा आर्थिक शसक्तिकरण भई देश समृद्धिको बाटोमा अघि बढ्ने कुरा बताउनुभयो । तपाई नेपालीहरुको स्वागत सत्कारले आफूलाई काम गर्न हौसला मिलेको कुरा थाइल्याण्डकी व्यवसायी नेतृ टोयटेङले उल्लेख गर्नुभयो । विपीडब्लु बनेपाकी उपाध्यक्ष सरिता पलाञ्चोकेले सञ्चालन गर्नु भएको कार्यक्रममा रेडियो एविसीका अध्यक्ष रमेश प्रसाद न्यौपानेले महिला उद्यमी व्यवसायीहरुको नेतृत्व टिम विपीडब्लुले काभ्रे जिल्लाका विभिन्न स्थानीय तहमा महिला जागरण सचेतना, स्वास्थ्य शिविर सामाजिक क्रियाकलाप र महिलाहरुको नेतृत्व विकासमा कार्य गर्दै आएको बताउनुभयो ।
