IMG-LOGO

अपाङ्गता भएका व्यक्तिहरुलाई गिरीराज चल्ला वितरण

 बुध, सावन १६, २०८१  ---

      बनेपा नगरपालिकाले नगर भित्रका अपाङ्गता भएका व्यक्तिहरुलाई आय आर्जन सँग जोड्न गिरीराज जातका चल्ला वितरण गरेको छ । २ लाख बजेटबाट एक जनालाई १० वटाका दरले ९० जना अपाङ्गता भएका व्यक्तिहरुलाई एक कार्यक्रम बिच चल्ला वितरण गरेको हो । उक्त कार्यक्रममा नगरप्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाई लगाएतको आतिथ्यता रहेको थियो । ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई चल्ला तिरण गरेको कुरा महिला बालबालिका तथा जेष्ठ नागरिक बनेपा शाखा प्रमुख विजया सुवेदीले बताउनुभयो । साथै बनेपामा ४ सय ६३ अपाङ्गता भएका व्यक्तिहरु रहेको जनाइएको छ । 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्