नमोबुद्ध न.पा. ९ बस्ने कान्छामान लामा तामाङको श्रीमती वर्ष ३० की माईलीमाया तामाङ ३२ हप्ता ४ दिनको गर्भवती महिलाको धुलिखेल अस्पतालमा उचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रेले जनाएको छ । गत श्रावण ७ गते माइलीमायाको अपरेशन गरी बच्चा झिकेकोमा अवस्था गम्भीर भइ आसियुमा राखी उपचार गरे पनि बच्चा बचाउन नसकिएको धुलिखेल अस्पतालले जनाएको छ । प्रहरीका अनुसार सुरु देखिनै नियमानुसार मेथिनकोट अस्पताल भकुण्डेमा चेक जाँच गरेको गत श्रावण ७ गते पुन चेक जाँच गराउने क्रममा सोहि दिन बिस्तृत चेक जाँचको लागि धुलिखेल न.पा. ६ स्थित धुलिखेल अस्पताल ल्याइएकोमा आमा र नबजात शिशुको अवस्था राम्रो नभएकोले ऐ. ९ गते अप्रेशन गरी नवजात शिशु निकालेकोमा नवजात शिशुको अवस्था गम्भिर रहेकोमा ऐ. ०१ः२० बजे मृत्यु भएको र आमाको समेत अवस्था गम्भिर भई सवा २ बजे आइसीयुमा बजेको समयमा राखि उपचारको क्रममा ०९ गते सवा ३ बजे मृत्यु भएको विषयमा सोही बिषयलाई लिएर छलफल भएकोमा निष्कर्ष विहिन रहेको प्रहरीले जनाएको छ ।
