बनेपा नगरपालिकाले आ.व. ०८०÷०८१ को अधिकांश योजनाहरु सम्पन्न गरेको भनि समिक्षा गरेको छ । नगर प्रमुख शान्तिरत्न शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपप्रमुख विमला सापकोटा दाहाल प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाई लगाएतले नगरको समग्र विकासको चर्चा गर्नु भएको थियो । कुल विनियोजीत बजेट मध्ये चालु खर्च ८६ दशमलब २१ प्रतिशत र पूँजीगत खर्च पूर्वाधार विकास निर्माण तर्फ ८९ दशमलब १० प्रतिशत प्रगति भएको कुरा प्रशासकीय अधिकृत ध्रुवराज नेपालले जानकारी दिनुभयो ।
