IMG-LOGO

अन्तराष्ट्रिय कथा वाचक देवी प्रतिभालाई काभ्रेलीको भव्य सम्मान

 मंगल, सावन १५, २०८१  ---

      अन्तर्राष्ट्रिय श्रीमद् भागवत कथा वाचिका देवी प्रतिभा पराजुली पनौतीको इन्द्रेश्वरको मन्दिर र मुक्तिनाथ मन्दिर अवलोकन भ्रमण गर्न शनिबार आउनु भएको हो । काभ्रे सेवा समाजको निमन्त्रणमा अभिनन्दन कार्यक्रममा देवी प्रतिभा आउनु भएको हो । यस्तै देवि प्रतिभालाई गृह नगर मण्डनदेउपुरले स्वागत ग¥यो । आइतबार मण्डनदेउपुर नगरपालिका ५ ब्रम्हायणी मन्दिर परिसरमा सम्मान गरेको थियो ।

      काभ्रेको मण्डनदेउपुरमा जन्मनुभएकी प्रतिभा पराजुली अर्थात देवी प्रतिभा विदेशमा समेत ख्यातीप्राप्त कथा वाचकको रुपमा परिचित हुनुहुन्छ । भारतका हजारौं प्रवचकहरु मध्ये नयाँ पिढींका उहाँ उत्कृष्ट तीन बाचिकाहरुमा पर्नुहुन्छ । साधारण शिक्षा उनले बनेपाको पञ्चकुमारी स्कुलबाट लिनुभएको थियो भने गाउँकै नवप्रतिभा स्कुलमा केहि समय अध्ययन गरिन् । तर पछिल्लो एकदशकदेखि उहाँ भारतको वृन्दावनमा अध्ययनकै लागि जानुभएको हो । सुरक्षाकर्मी, भजनमण्डली लगायत उहाँको ५० जनाको टिम छ । २३ वर्षीय देवी प्रतिभाको कक्षा वाचन शैलिले सबै मोहित भइ पशुपति कोटीहोममा सुन्नको घुइचो छ । काभ्रे सेवा समाजको तर्पmबाट अध्यक्ष प्रल्लाद केसी पनौती नगरपालिका प्रमुख राम शरण भण्डारीले सम्मान गर्नु भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्