IMG-LOGO

प्रधानमन्त्रीज्यू फेरी मौका पाउनु भएको छ, मौका नगुमाउनुहोस्

 मंगल, जेठ ४, २०७८  गगन थापा


    प्रधानमन्त्रीमा पुनर्नियुक्ति पछि कोरोना महामारी विरुद्धको महायुद्धको सेनापतिको जिम्मेवारीको जिम्मेवारी पनि तपाईको काँधमा आइपुगेको छ  । माहामारीबाट धेरैको जीवन गुमाइसक्यौं, धेरैको जीवन बचाउनु छ तर कामनाले मात्रै बचाउन सकिँदैन   । काम चाहिएको छ, कामनाले मात्र संभव छैन तपाई हाम्रो पर्यत्न चाहिएको छ  ।
    त्यसैले पुर्ननियुक्ति हुनुभएको मेरो प्रधानमन्त्रीलार्ई म अनुरोध गर्न चाहान्छु , पार्टीको विवाद मिलाउ, चर्काउन, फुटाउन, जुटाउन छाडिदिनुस्, केही दिनलार्ई सभा, सम्मेलन, शिलान्यास, भेटघाट सबै कुरा छाडिदिनुस्   । केही दिनलार्ई बोल्न बन्द गरिदिनुस्, यथार्थलार्ई स्वीकार गरिदिनुस्   । अनि तपाईको मन, ध्यान अनि सम्पुणर् शक्ति, तपाईको समय सत प्रतिशत महामारी विरुद्धको युद्धमा लगाउनुस्   । प्रधानमन्त्री ज्यू तपाईसँग मेरो थुप्रै असहमतिहरूछन्   । तपाईको व्यवहार र विचार प्रति थुप्रै प्रश्नहरूछन्   ।
    तपाईको वचन र कर्महरू प्रति मेरा थुप्रै असन्तुष्टिहरूछन्   । अब केही दिन असन्तुष्टि, असहमति र प्रश्नहरूलार्ई थाती राख्नको लागि म तयार छु, हामीहरू तयार छौं   । तपाईका समर्थक त सबै तपाईसँगै छन्   । तर तपाई इमान्दारितापूर्वक यो महामारीसँग जुधिरहेका नेपालीको जीवन जोगाउन तर्फ अग्रसर हुने हो भने म र म जस्ता कैयौंलार्ई नदीको अर्को किनारामा हैन तपाईसँगै उभिएको पाउनुहुनेछ   । तपाईलार्ई मद्धत गरिरहेको पाउनुहुनेछ   ।
    तपाईको सरकारलार्ई सफल बनाउन सहयोग गरिरहेको पाउनुहुनेछ   । त्यसैले म एक पटक अनुरोध गर्न चाहान्छु, प्रधानमन्त्रीज्यू फेरी एक पटक मौका पाउनु भएको छ, यो मौकालार्ई खेर नफाल्नुस्   । यो पटक अलि फरक ढंगले काम गरौं, तपाई र हामी मिलेर जीवनबाट आशा गुमाइसकेकाहरूलार्ई आशा दिने पर्यत्न गरौं   । अक्सिजन नपाएर छट्पटाएकाहरूलार्ई श्वास दिने पर्यत्न गरौं   । अनि आर्यघाट पुग्ने लासहरूलार्ई घटाउने पर्यत्न गरौं   । (नेपाली कांग्रेसका नेता थापाले सामाजिक संजालमा दिएका भिडियो सन्देशबाट)

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्