बनेपा न.पा. स्थित टुसाल गाउँमा रहेको श्री ठुलाचौर योग साधना केन्द्रको प्रथम वार्षिक उत्सवको पंतजली योग समिति बाग्मती प्रदेश सल्लाहकार सरिता शाक्यले पानसमा द्धिप प्रज्वलित गरि उद्घाटन गर्नुभयो । उक्त अवसरमा विशिष्ट अध्यक्ष बाग्मती प्रदेश सदस्य दमन कुमार श्रेष्ठले श्री ठुलाचौर योग साधना केन्द्रको एक वर्षमा गरिएको प्रगति प्रति खुसी व्यक्त गर्नुभयो । सो अवसरमा सो केन्द्रका साना भाईबहिनि योग साधक साधिकाहरुले डेमो तथा नृत्यहरु प्रस्तुत गरिएका थिए । सो केन्द्रका कोषाध्यक्ष नारायण प्रसादबाट स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा पंतजली योग समिति काभ्रेका का.वा. अध्यक्ष मोहन कृष्ण श्रेष्ठ, महिला अध्यक्ष ईन्दिरा तौजले, बनेपा न.पा. वडा ३ का वडाअध्यक्ष रमेश दाहाल, चामुण्डा योग साधना केन्द्रका संयोजक सहदेव श्रेष्ठ, बनेपा नगर संयोजक मनिषा बडाल, युवा नेपालका अध्यक्ष रमेश श्रेष्ठले मन्तव्य राख्नुभएको कार्यक्रममा उक्त केन्द्रका संयोजक दुर्गा प्रसाद दाहालले धन्यवाद ज्ञापन सहित उक्त कार्यक्रमको सभापतित्व गर्नुभएको थियो । सो कार्यक्रममा जिल्लाका विभिन्न योग साधना केन्द्रका पदाधिकारी तथा सदस्यहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।
यसै विच पंतजलि योग समिति बनेपा काभ्रेको भवनमा गुरु पूर्णिमा पर्वलाई योग साधक साधिकाहरुले राष्ट्रिय पर्वको रुपमा भव्यताका साथ मनाईएको छ । सो अवसरमा पंतजलि योग समिति काभ्रेका योग गुरुहरुलाई बनेपा नगरभरीका योग साधक साधिकाहरुले खादा, माला, टिका र विभिन्न उपहारहरुका साथ भेटि अर्पण गरिएको थियो भने गुरुहरुबाट योग साधक साधिकाहरुलाई टिक प्रदान गरी मनाईएको उक्त कार्यक्रममा महिला पंतजलि योग समितिका अध्यक्ष ईन्दिरा तौजलेले स्वागत मन्तव्य राख्नुभएको थियो भने पंतजलि योग समिति बाग्मति प्रदेशका सदस्य दमन कुमार श्रेष्ठ, बाग्मती प्रदेश सल्लाहकार सरिता शाक्य र युवा समितिका अध्यक्ष रमेश श्रेष्ठले मन्तव्य राख्नुभएको कार्यक्रमको सभापतित्व पंतजलि योग समिति काभ्रेका अध्यक्ष प्रकाश कायष्ठले गर्नुभएको थियो भने उक्त कार्यक्रमको उद्घोषण महामन्त्रि श्याम कुमार श्रेष्ठले गर्नुभएको थियो ।
