IMG-LOGO

धुलिखेल नगरपालिकाको सहयोगमा सिपमुलक तालिम सहित रोजगार

 मंगल, असार २६, २०८१  ---

     धुलिखेल÷रोजगार सेवा केन्द्र, धुलिखेल नगरपालिकाको आर्थिक सहयोग तथा ग्लोवल इन्ष्टिच्युट अफ होटल म्यानेजमेन्ट एण्ड टुरिजम टेक्निकल सेन्टर प्राली भक्तपुरको प्राविधिक सहयोगमा धुलिखेलका विभिन्न वडाका ४८ जना ब्यक्तिहरुलाई वेटर÷वेट्रेस तथा हाउसकिपिङ सम्वन्धी १ सय ६० घण्टाको सीप तथा क्षमता विकास तालिम प्रदान गरिएको छ । सहभागिहरुलाई एक कार्यक्रमका बीच धुलिखेल नगरपालिकामा प्रमाणपत्र वितरण गरिएको छ । तालिम पश्चात अधिकांश ब्यक्तिहरुले रोजगार प्राप्त गर्ने उदेश्यले विभिन्न होटल तथा ट्रेनिङ्ग सेन्टर, उद्योग बाणिज्य संघ तथा विभिन्न संघ संस्थासँग समन्वय गरिएको रोजगार संयोजक सम्झना शर्मा नेपालले बताउनु भयो ।

     धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकाले ब्यक्तिहरुलाई रोजगार उपलब्ध गराउने गरी नगरपालिकाले परिषद् गठन गरी सीप तथा क्षमता अभिबृद्धि, उद्यमशिलता र महिला शशक्तिकरण नेतृत्व विकास सम्वन्धि तालिम प्रदान गर्दै आएको बताउनु भयो । कार्यक्रममा उपप्रमुख निराजन जंगमले धुलिखेल पर्यटकिय क्षेत्र भएकाले आफुले सिकेको सीपलाई ब्यवहारमा उपयोग गर्नुपर्ने बताउनु भयो । धुलिखेल नगरपालिका गरिरहेका कार्यहरुले रोजगारको अवसर सिर्जना भएको उनले बताए ।

     कार्यक्रममा वडा अध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक नारायण बडाल, वडा अध्यक्ष प्रमोदसुन्दर श्रेष्ठ, क्षेत्रिय होटल संघका अध्यक्ष प्रमेकण्ठा श्रेष्ठ, धुलिखेल उद्योग बाणिज्य संघका अध्यक्ष कोमलसुन्दर श्रेष्ठ एवं पदाधिकारीहरु, संस्थाकी अध्यक्ष निर्मला कक्षपति, प्रशिक्षकद्धय रस्मि अवाल र सविना थापा मगर, प्रशिक्षार्थीहरु शंकर दियाली, लक्ष्मण विक र कविता मिजार लगायतले सिकेको सिपमो बारेमा धारणा राखेका थिए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्