नमोबुद्ध नगरपालिका ७ भकुण्डेबेशि बजार स्थिते गोबिन्द अधिकारीको साढे ३ तल्ला को पक्कि घरमा आगोलागी भएको छ । गत मंगलबार अधिकारीको बिच तल्लामा बुच्चाकोट बस्ने महेश आचार्यले सुप्रिमा पेन्ट्स एण्ड हार्डवेयरको पसलमा आगोलागी एक्कासि भएको हो । आगोलागि हुँदा घरको बिच तल्लाको ४ वटा कोठा मा रहेको हार्डवेयर र रङ्गको सामान पुर्ण रुपमा जलि नष्ट भएको छ । प्रहरी, नेपाली सेना, दमकल र स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
