अग्रज सञ्चारकर्मी नवराज बजगाई सम्मानित हुनुभएको छ । दक्ष ईन्टरनेशनल र राज व्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा भएको ‘मिस ब्युटीफुल नेपाल’ को नवौं संस्करण र ‘मिसेस ब्युटीफुल नेपाल’ को आठौं संस्करणको ग्राण्ड फिनालेको अवसरमा बिहिबार राष्ट्रिय नाचघर जमलमा आयोजित विशेष कार्यक्रममा बजगाईलाई सम्मान गरिएको हो ।
विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाईलाई पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा योगदान पु¥याएबापत सम्मान गरिएको दक्ष ईन्टरनेशनलका प्रमुख एवं कार्यक्रम संयोजक समेत रहेका मेकअप आर्टिष्ट टेकराज पाण्डेले बताउनुभयो । कार्यक्रममा प्रमुख पाण्डे, संगीतकार शम्भुजित बाँस्कोटा, प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहलगायतले सम्मान गर्नुभएको हो ।
पत्रकार महासंघ काभ्रे, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जालका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका सञ्चालक÷प्रधान सम्पादक रहेका बजगाई काभ्रेमा रहेर सक्रिय पत्रकारिता गरिरहनुभएको छ ।
