पंतजलि योग समिति काभ्रेबाट आयोजना गरिएको ३६ दिने योग उप–शिक्षक प्रशिक्षणको समापन कार्यक्रम हालै सम्पन्न भयो । पंतजलि योग समिति बाग्मती प्रदेश सदस्य दमन कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत मन्तव्य दिनु हुदैँ महिला पंतजली योग समिति काभ्रेका अध्यक्ष ईन्दिरा तौजलेले आफुले सिकेका योग शिक्षालाई जन–जनमा पु¥याई सम्पूर्ण नागरिकलाई स्वस्थ बनाउने पंतजली योग समिति काभ्रेको उद्धेश्यमा यहाँहरुले दत्तचित्त भई लागि पर्नुभई योगदान पु¥याउन आह्वान गर्नुभयो । समापन कार्यक्रममा दिक्षित प्रशिक्षार्थीहरुलाई आई.डि. कार्ड र प्रमाण पत्र वितरण गरिएको थियो । सो समारोहको सभापतित्व पंतजलि योग समिति काभ्रेका का.वा. अध्यक्ष मोहन कृष्ण श्रेष्ठले गर्नु भएको थियो भने संचालन महामन्त्री स्याम कुमार श्रेष्ठले गर्नु भएको कार्यक्रममा योग उप–शिक्षक प्रशिक्षणका संयोजक अनु श्रेष्ठ, पूर्व अध्यक्ष हरिशरण श्रेष्ठ, अञ्जना श्रेष्ठ, उपाध्यक्ष कमला राजभण्डारी, मंन्त्री माधव कुमार श्रेष्ठ, महामन्त्री लक्ष्मी उलक, मन्त्री भवानी गुरुङ्ग, बनेपा नगर संयोजक मनिषा बडाल र प्रशिक्षण भएकाहरुको तर्फबाट रीता बराज र गगन कुमार श्रेष्ठले मन्तव्य राख्नुभएको थियो । सो कार्यक्रम पूर्व प्रशिक्षण केन्द्र स्थलमानै यज्ञ होम समेत गरिएको थियो र यज्ञ होम पंतजलि योग समिति बाग्मती प्रदेश संयोजक ग्रुवेन तौजलेबाट शुभारम्भ भएको थियो ।
