IMG-LOGO

चर्चित गायक सरिनले वेलर स्कुलमा वेजोड प्रस्तुती

 मंगल, असार २६, २०८१  ---

     चर्चित ब्याण्ड मंकी टेम्पलका गायक सरिन देउजाले बनेपामा रहेको बेलर इन्टरनेशनल स्कुलको प्लस टु फेस्ट कार्यक्रममा साङितिक प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गरेका छन् । साथै बनेपाकै इन्सेंस ब्याण्डले पनि कार्यक्रममा प्रस्तुति दिएको थियो । शुक्रबार विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोला थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले विद्यार्थीहरुको सर्वाङ्गिण विकासका लागि बेलर स्कुलले नियमित बार्षिक तालिका अनुसारका अतिरिक्त कृयाकलापहरुलाई निरन्तरता दिएको बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल इन्दु थापा लगायत विभिन्न डिपार्ट प्रमुख, पत्रकारहरु सहभागी रहनु भएको थियो । उक्त अवसरमा हालै सम्पन्न चौथो बंगबन्धु कप अन्तराष्ट्रिय कबड्डी प्रतिस्पर्धामा उप बिजेता भई नेपालकै नाम राख्न सफल कक्षा १२ मा अध्ययनरत विद्यार्थी रोहन श्रेष्ठ लगायत विभिन्न विद्यामा आयोजित खेलकुद कार्यक्रममा सहभागि कक्षा ११ र १२ का विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्