काभ्रेको रोशी गाउँपालिकामा एक बालक मृत फेला परेका छन् । मृत फेला पर्नेमा पनौती स्थित कोठा गरी बस्ने बुद्ध गुरुङका ४ वर्षीया छोरा बिपिन गुरुङ रहेको प्रहरीले जनाएको छ । रोशी गाउँपालिका ७ कटुन्जे स्थित रोशी खोला खोलाको किनारामा नामथर वतन नखुलेको बालक सोही मृत अवस्थामा फेला परेपछि स्थानियले देखेर प्रहरीलाई खबर गरेका थिए । तत्काल प्रहरी टोलीको उद्धार पश्चात शवको सनाखत भएको हो । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय काभे्रले जनाएको छ ।
