IMG-LOGO

नवराजको जन्मदिनमा सेवा घरलाई खाद्य सामाग्री सहयोग

 मंगल, असार २६, २०८१  ---

     सञ्चारकर्मी एवं सामाजिक अभियान्ता नवराज बजगाईले बिगत वर्षहरूमा जस्तै यो वर्ष पनि आफ्नो जन्म दिन असहायहरुसँग मनाउनुभएको छ । बजगाईले काभ्रेको धुलिखेल–१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का ७५ जना बृद्धबृद्धा र असहायलाई खाना खुवाएसँगै खाद्यान्न तथा लत्ता कपडा हस्तान्तरण गरेर आफ्नो जन्मदिन मनाउनुभएको हो । पत्रकार महासंघ काभ्रे, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जालका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका प्रधान सम्पादक रहेका बजगाईले मंगलबार (असार १८ गते) आफ्नो र असार २२ गते धर्मपत्नी तारा भट्टराईको जन्मदिनको अवसर पारी धुलिखेलमा रहेको मानव कल्याण समाज कल्याण सेवा घरको शाखा कार्यालयमा रहेका बृद्धबृद्धा र असाहयलाई खाना खुवाएसँगै खाद्यान्न र लत्ता कपडाहरू सहयोग गरेका हुन् । उनले गत वर्षका जन्म दिन र अवसरहरूमा पनि यही सेवा घर र काभ्रेमा रहेका बिभिन्न आश्रमहरूमा सहयोग गर्दै आएका छन् ।

     उहाँले सेवा घरका अभियान्ता दिपिका मानवलाई सरसफाईका सामग्री चामल, आटा, दाल, तेल, नुन, जिरा मसला, चिनी, बेसार, चियापती, गेडागुडी, चिउरा, मस्यौरा, साबुन, डेटोल, मञ्जन, ब्रस, फिनेल, सरफ, फलफूल, बिस्कुटसहित खाद्यान्न, फलफुल र लत्ता कपडा हस्तान्तरण गरेको बताउनभयो ।सामग्री हस्तान्तरण गर्दै पत्रकार बजगाईले सेवा घर शूरु भएदेखि नै यहि आएर सक्दो सहयोग गर्ने गरेको बताउनुभयो ।

     धुलिखेल–१२ का वडा अध्यक्ष मोहन प्रसाद लामिछाने, धुलिखेल–१२ का पुर्व वडा अध्यक्ष एवं सेवा घर व्यवस्थापन समितिका संयोजक हर्कसिं तामाङको अध्यक्षतामा भएको कार्यक्रममा धुलिखेल–१० का वडा अध्यक्ष गोबिन्द भण्डारी, एमाले धुलिखेल अध्यक्ष दयाराम महत, नेका जिल्ला सदस्य रामकृष्ण पोख्रेल, युवा समाजसेवीहरु बोदनाथ बजगाई, दामोदर बजगाई, सञ्चारकर्मीहरु अरबिन्द्र गौतम, राज तिमल्सिनालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्