IMG-LOGO

एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नेवि संघको सम्मान

 मंगल, असार २६, २०८१  ---

     एस.ई.ई परीक्षा २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नेपाल विद्यार्थी संघ (ने.वि.संघ) काभ्रेपलाञ्चोकले शनिबार एक कार्यक्रमका बिच सम्मान गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा, नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पा लागतयले उनीहरुलाई सम्मानपत्र प्रदान गरेका थिए । नेविसंघले जिल्लामा सर्वोत्कृष्ट नतिजा (४ सिजिपिए) ल्याउने बनेपास्थित लिंकन इन्टरनेशनल स्कुलका छात्र स्मृती श्रेष्ठ, ३ दशमलव ९६ सिजिपिए ल्याउने प्रगति प्रभात एकेडेमीका चन्दनी पराजुली, ३ दशमलव ९६ सिजिपिए ल्याउने इनोभेटिभ एकेडेमीका विमोचना ढकाल, ३ दशमलव ९२ सिजिपिए ल्याउने गोल्डेन सिद्धार्थ एकेडेमीका प्रवेश ढकाल, ३ दशमलव ९१ सिजिपिए ल्याउने नेपाल पुलिस स्कुल साँगाका सम्भव अधिकारी र सिद्धार्थ इङलिस सेकेण्डरी स्कुल बनेपाका अभिषेक बञ्जारालाई सम्मान गरेको हो । सामुदायिकतर्फ उत्कृष्ट ३ दशमलव ८६ सिजिपिए ल्याउने भालेश्वर माध्यमिक विद्यालय, पनौतीकी अविना कार्की, सोही विद्यालयबाट ३ दशमलव ८३ सिजिपिए ल्याउने सुशान्त हुमागाई र ३ दशमलव ८३ सिजिपिए ल्याउने प्रभा माध्यमिक विद्यालय कात्तिके देउरालीका रिया गिरीलाई सम्मान गरियो । प्राविधिकधारतर्फ उत्कृष्ट ३ दशमलव ७९ सिजिपिए ल्याउने खाँडादेवी माध्यमिक विद्यालयका प्रतिजा श्रेष्ठ, ३ दशमलव ६८ सिजिपिए ल्याउने जनक माध्यमिक विद्यालय नमोबुद्धका श्रीखण्डराज खनाल, ३ दशमलव ६६ सिजिपिए ल्याउने सोही विद्यालयका राजिव यादव र ३ दशमलव ६० सिजिपिए ल्याउने सोही विद्यालयका कुशल खनाललाई सम्मान गरिएको थियो  । कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका सचिव माधव ढकाल, सचिव गुणराज मोक्तान, प्रतिनिधी सभा क्षेत्र नं १ का सभापति दिनेश लामा, प्रदेश सभा क्षेत्र नं २ (ख) का सभापति रामहरि श्रेष्ठ, प्रदेश सभा क्षेत्र नं २ (क) का सभापति हेम लामा, प्रदेश सभा क्षेत्र नं १ (क) राम योन्जन, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य मधुकर खनाल, भोला नेपाल, केन्द्रीय सदस्यहरु आदर्श मल्ल, सुवास पौडेल, भुवन भट्ट, केन्द्रीय सदस्य गणेश थापा, केन्द्रीय सदस्य सहदेव तिमल्सिना, प्रेम थोकर, ललितपुर जिल्ला अध्यक्ष सरोज घोरासाइने लगायतले उच्च शिक्षाका अवसर र चुनौतीबारे चर्चा गरका थिए । नेपाल विद्यार्थी संघ काभ्रेका सभापति अञ्जनराज खतिवडाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्