लायन्स क्लब अफ बनेपा सिटीको चौंथो वार्षिक साधारण सभा शुक्रबार गौतम भिलेज रिसोर्ट बनेपामा सम्पन्न भएको छ । क्लबका अध्यक्ष डा.के.बि.मानन्धरको सभापतित्वमा र क्लबका संस्थापक अध्यक्ष एवं रिजन चेयरपर्सन गणेश कुमार रंजितको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम क्लबका वर्तमान प्रथम उपाध्यक्ष मञ्जु शाह ठकुरीले संचालन गर्नुभएको थियो । कार्यक्रममा सचिवको प्रतिवेदन मञ्जु शाह ठकुरीले र कोषाध्यक्षको आर्थिक प्रतिवेदन रमेशकाजी श्रेष्ठले प्रस्तुत गरेको थियो । लायन्स क्लब अन्तराष्ट्रियको प्रमुख नारा ’हामी सेवा गर्छाैं’ भन्ने भावनालाई अंगिकार गर्दै समाजका विपन्न बर्ग तथा असहाय मानव ब्यक्तिहरूको सेवाको उद्येश्य लिएर चार बर्ष अगाडी बनेपामा स्थापित यस क्लबले समाजको विविध क्षेत्रमा मानवीय सेवा गर्दै आइरहेको प्रमुख अतिथि गणेश कुमार रंजितले बताउनु भयो । उक्त साधारण सभाबाट लायन बर्ष २०२४÷०२५ को लागि नयाँ संचालक समिति चयन गरिएको छ । अध्यक्ष पदमा मञ्जु शाह ठकुरी, निर्तमान अध्यक्षमा डा. के.बि. मानन्धर, प्रथम उपाध्यक्षमा रमेशकाजी श्रेष्ठ, द्वितिय उपाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवमा रोशना राजवंशी, कोषाध्यक्षमा सुजन मानन्धर, सह कोषाध्यक्षमा निराजन कारंजित, लियो सल्लाहकार एवं क्लब प्रशासकमा गणेश कुमार रंजित, एलसिआइएफ प्रमुखमा उदयराम कायस्थ र सेवा प्रमुखमा रामेश्वर प्रजापति रहनुभएको छ ।
