इन्द्रेश्वर क्याम्पस, अनुसन्धान व्यवस्थापन समितिको सम्पादनमा प्रकाशन गरिएको पनौती जर्नल–अंक २, २०८१ को लोकापर्ण तथा नेपालमा उच्च शिक्षाको वर्तमान स्थिति बिषयक शैक्षिक विमर्श कार्यक्रम क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तुयुकाजी ताम्राकारको सभापतित्व तथा संविधानविद तथा निति विश्लेषक प्रा. डा. बिपिन अधिकारीको प्रमुख आतिथ्यता सम्पन्न भयो ।व्यवस्थापन समितिका सदस्य केशब थापाले स्वागत गर्नु भयो ।यस क्याम्पसका उप प्राध्यापक तथा पनौती जर्नलका सम्पादक परशुराम अधिकारीले पनौती जर्नलको बारेमा जानकारी गरि क्याम्पसका प्राध्यापकहरुले अनुसन्धानमूलक लेख रचना प्रकाशन गर्न आवश्यक भएको कुरा गर्नु भयो ।संविधानविद तथा निति विश्लेषक प्रा. डा. बिपिन अधिकारीले प्राध्यपन क्षेत्रमा जर्नलको महत्व र उपायदेयता बारे जानकारी दिनुभयो । नेपालको वर्तमान जनशक्तिको विदेश पलायन र समाजमा भइरहेको समस्याबारे आफ्नो धारणा राख्नु भयो । प्राज्ञिक जनशक्तिबाट जिवनउपयोगि र व्यवहाििरक शिक्षाको सिकाइ गर्नु पर्ने धारणा राख्नु भयो ।कार्यक्रममा तेजगंगा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अम्बुभवानी कार्की र संविधान सभा सदस्य रामहरी सुवेदीले समसामयिक विषयमा आफ्नो धारण राख्नु भयो क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमको सभापति तुयुकाजी ताम्राकार तुयुकाजी ताम्राकारले गुणस्तरिय शिक्षाको अवधारणामा पर्ने अनुसन्धान र लेख रचना प्रकाशनको लागि क्याम्पस व्यवस्थापन समितिले प्राध्यापकहरुलाई प्रोत्साहन गर्ने र आगामी दिनहरुमा पनि यस पनौती जर्नलको निरन्तर प्रकाशनको लागि लागिपर्ने कुरा गर्नु भयो । कार्यक्रमको सञ्चालन इन्द्र.ेश्वर क्याम्पसका सहायक क्याम्पस प्रमुख जयराम कर्माचार्यलने गर्नु भयो ।