पनौती नगरको पर्यटन प्रवर्धनका लागि १ दिने कार्यशाला गोष्ठी शुक्रबार सम्पन्न भएको छ । पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले नगरको पुरानो ऐतिहासिक स्थानलाई विश्वसम्पदामा सुचिकृतका लागि दस्तावेज तयार गर्दै गरेको जानकारी दिनुभयो । आगामी वर्षको कार्यक्रम तय गर्न आजको दस्तावेजले मद्दत गर्ने भन्दै उहाँले सबै स्थानीय र सरोकारवालाको सहयोगले मात्र पर्यटन प्रवर्धन गर्न सकिने उल्लेख गर्नुभयो । कार्यशाला गोष्ठीले पनौतीको पर्यटन प्रवर्धनका लागी सम्भावना र चुनौतीका विषयहरु माथि सहभागीको सुझावलाई ग्रहण गर्दे कार्य गरी पर्यटन प्रर्वधन गर्ने लक्ष्य लिएको पनौती विकास केन्द्रका अध्यक्ष पुरुषोतम कर्माचार्यले जानकारी दिनुभयो । कार्यक्रममा पुरातत्व विभागका प्रतिनिधि, पनौतीका संस्थापक मेयर, स्थानीय जनप्रतिनिधि, व्यापारी, पर्यटन विकास केन्द्रका सदस्य, स्थानीय तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
