IMG-LOGO

डेंगु रोकथाम तथा नियन्त्रणका लागि पनौतीमा अन्तरक्रिया

 मंगल, असार १९, २०८१  ---

     डेंगु रोकथाम तथा नियन्त्रणका लागि पनौती नगरपालिकाले सरोकारवालाहरुसँग शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पनौती नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा पनौती नगरपालिकामा स्थायी ठेगाना भएका २५ जनामा डेंगु संक्रमण देखिएको बताइएकोे छ । नगर प्रमुख रामशरण भण्डारीले अभिमुखीकरण कार्यक्रमपछि सचेतनाका लागि टोलटोलमा पुग्ने योजना रहेको जानकारी दिनुभयो । यस्तै उप–प्रमुख गिता बञ्जाराले वडा बाल सञ्जाल लगायतका निकायसँग समन्वय गरेर घर–घरमा सचेतना पुर्याउने गरी काम गर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, निर्देशक प्रणराज न्यौपाने, वडा अध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख जनक केसी, सिनियर अधिकृत पुरुषोत्तम तिमल्सिना, अनिल ढुंगेल, विभिन्न विद्यालयका प्रधानाध्यापक, स्वास्थ्यचौकी इन्चार्ज लगायतको उपस्थिती रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्