IMG-LOGO

सञ्जीवनीका विद्यार्थी कमाउँदै पढ्दै

 मंगल, असार १९, २०८१  ---

     सञ्जिवनी नमुना माध्यमिक विद्यालय धुलिखेलले आफ्नै प्रयासमा विद्यार्थीहरुलाई कमाउँदै पढ्दै कार्यक्रम शुरु गरेको छ । विद्यालयले शुरु गरेको उक्त कार्यक्रम प्रभावकारी भए सँगै आसपासका विद्यालयका विद्यार्थीहरुलाई समेत उक्त कार्यक्रमको अवलोकनका लागि खवर गरिएको विद्यालयका प्रधानाध्यापक लोकेन्द्र ढकालले बताउनुभयो ।

     ‘शुरुमा हामी ४१ जना विद्यार्थीहरुलाई विभिन्न क्षेत्रको पाँच दिनसम्म तालिम प्रदान ग¥यौं । ३१ जना विद्यार्थीहरु अहिले पनि कमाउँदै पढ्दै कार्यक्रममा सहभागि भएका ’–प्रधानाध्यापक लोकेन्द्र ढकालले भन्नुभयो –‘विद्यार्थीहरु माछापालन, पोल्ट्रिफार्म, कृषि, सिलाई, बुनाई, अचार बनाउने लगायतका कार्यक्रमहरु संचालन गरिएको छ । विद्यार्थीहरुले विभिन्न प्रकारका सिपहरु सिकेका छन् । सिपलाई ब्यवहारीक रुपमा प्रयोग गर्दै आयआर्जन गर्न थालेका छन् ।’

     सरकारले ल्याउने कार्यक्रम निरन्तर नहुने भए पनि विद्यालय आफैले शुरु गरेको कार्यक्रम दिगो हुने प्रधानाध्यापक ढकालले उल्लेख गर्नुभयो । विद्यार्थीहरुले विदाको समयमा तथा विद्यालय छुट्टी भए पछि सिपमुलक कार्यक्रममा सहभागि हुने गरेका छन् । कक्षा १२को विज्ञान विषय लिएर अध्ययन गर्ने जोईस पुर्काेटी, स्वस्तिका तिमल्सिना, तुल्सी श्रेष्ठ, स्मृति सापकोटा, सपना क्षेत्री, सुप्रिया कोईराला र कञ्चन पराजुलीले वातावरणमा भईरहेको प्रर्दुषण र त्यसले स्वास्थ्यमा पारिरहेको असर, त्यसको रोकथाम र नियन्त्रणका उपाय, मुटु तथा फोक्सोको अवस्थाका बारेमा सचित्र बयान गरेका छन् ।

     विदाको समयमा जाली रुमाल बुनेका कक्षा ९ का सृजना चौलागाई र विनिता विश्वकर्माले ६ वटा विक्री गरी ६ सय रुपैया प्राप्त गरिसकेका छन् । प्रर्दशनीमा राखिएका रुमालहरु विक्री नहुँदै उनिहरु हपर्षत भएका छन् । शिक्षक र साथीहरुले रुमाल खरिद गरी हौसला बढाईदिएकोमा उनिहरु दंग छन् ।

 

     उत्पादन पछि कमाउँदै पढ्दै कार्यक्रम मार्फत प्रर्दशनीमा राखिएका सामाग्रीहरुको अवलोकनका लागि १८ वटा विद्यालयका शिक्षक र विद्यार्थीहरु सहभागि भएका छन् । विद्यार्थीहरुले आफुले उत्पादन गरेका सामाग्रीहरुलाई १८ वटा स्टल मार्फत प्रर्दशन गरेको प्रशासनका  श्रीओम व्ञ्जुले बताउनुभयो  ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्