काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका ६ स्थित धुलिखेल अस्पतालको एमरजेन्सी वाडको बिरामी कुरुवा कोठामा एक व्यक्ति मृत फेला परेका छन् । बिहिबार बिहान ०८ः३० बजेको समयमा नाम थर वतन नखुलेको अन्दाजी ५८÷६० वर्षका पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
