IMG-LOGO

६५ वर्षीय टुल्कुले किन आत्महत्या गरे ?

 मंगल, असार १९, २०८१  ---

 

     तेमाल गा.पा. वडा नं. ७ चापाखोरीमा वृद्धले आत्महत्या गरेका छन् । ६५ वर्षीय टुल्कु लामाले अमलाको रुखमा कपडाले बाटेको डोरिको पासो लगाई  आत्महत्या गरेका हुन् । लामा मादक पदार्थ सेवन गरी घरमा आएकोमा खाना खाने बेलामा घरमा नभएपछि निजका छोरा मिलन लामाले खोजतलास गर्ने क्रममा घर देखी अन्दाजी .५० मिटर टाढा रहेको सोहि स्थान बस्ने सलाम सिंह तामाङको खरबारीमा रहेको अमलाको रुखमा कपडाले बाटेको डोरिको पासो लगाई झुण्डिरहेको अवस्थामा फेला पारेका थिए । मृतकाको टाउकोको कन्चट, टाउको पछाडी अंन्दाजी ५ ईन्च ठुलो घाउ र शरिरभरि ठुलो ठुलो घाउ चोट हुने गरी प्रत्यक्ष देखिएको हुनाले रहस्यमय ढंगले भएको घटना भएको भनी स्थानीयले निबेदन समेत पेश गरेपछि मृतकको छोरा मिलन र साडुभाई नाता पर्ने रोशी गाउँपालिका वडा नं.९ बस्ने बर्ष २६ को अर्जुन तामाङलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्