IMG-LOGO

नेपाल परीवार नियोजन संघ काभे्र शाखाको ४२औं साधारण सभा

 मंगल, असार १९, २०८१  ---

     नेपाल परीवार नियोजन संघ काभे्र शाखाको ४२औं साधारण सभा शनिबार शाखा सभापति प्रकाश कायष्ठको सभापतित्वमा शनिबार सम्पन्न भयो । नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विषिष्ट सदस्य विकास वैद्यले स्वागत मन्तव्य राख्नुभयो । प्रमुख अतिथि वैद्यले नेपाल परिवार नियोेजन संघ काभे्रले महिलाहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा योगदान गरेको बताउनुभयो । काभे्र जिल्लाका १३ वटै पालिकाहरुमा सेवा प्रदान गरी स्वास्थ्य सन्देश फैल्याउन सबै वर्ग, समुदायलाई सशक्त ढङ्गबाट लागि परेको प्रमुख अतिथि वैद्यले उल्लेख गर्नुभयो । पतंजली योग समिति बागमती प्रदेशका सभापति ग्रुवेन तौजले, काभे्र उद्योग वाणिज्य संघका अध्यक्ष प्रताप वैद्य लगायतले मन्तव्य राख्नुभएको थियो । कोषाध्यक्ष पुनम जोशीले शाखाको वित्तीय अवस्था, विशेषज्ञ सदस्य रुपा कर्मचार्यले समग्र सेवा प्रवाहको बारेमा बोल्नुभएको थियो ।

     नेपाल परिवार नियोजन संघ केन्द्रीय सदस्य इन्द्रलक्ष्मी श्रेष्ठ, शाखा सल्लाहकार योगेन्द्रनाथ कर्माचार्य, पूर्व सभापति रत्न श्रेष्ठ, शुभराज जोशी, देवेन्द्र भैल, आजीवन सदस्यहरु चण्डेश्वरी जेष्ठ नागरिक आश्रमका अध्यक्ष उद्धव तिमल्सिना लगायतको आतिथ्यता रहेको थियो । १९ हजार ३ सय ९२ सेवा स्वास्थ्य सेवा, १५ हजार ८ सय ४५ स्त्री रोग निवारणका लागि सेवा, ५ हजार ५ सय ८५ एचआइभी एड्स सम्बन्धी सेवा प्रवाह, २५१ गर्भपतन सेवा प्रदान गरेको कुरा कार्यालय प्रमुख रमेश श्रेष्ठले जानकारी दिनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्