IMG-LOGO

जिल्ला बचत संघ काभ्रेको सदस्य शिक्षा कार्यक्रम

 मंगल, असार १९, २०८१  ---

 

     जिल्ला बचत संघ काभ्रेले शनिबार नेवा ः पुच साकोसका संचालक, लेखा सुपरिवेक्षण समिति, ऋण उप समिति पदाधिकारीहरु र उच्च व्यवस्थापन प्रमुखहरुलाई लक्षित गरि संस्था संचालन, पारदर्शिता, सुशासन, ऋण लगानी र असुलीका प्रक्रिया र वित्तिय व्यवस्थापन सम्बन्धी विषयहरुमा प्रशिक्षण गरि साकोसमा दक्ष समिति र उप समिति निर्माण गरि उहाँहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सदस्य सक्षमता अभिवृद्धि तालिम संघको सभाहलमा ११ जनाको सहभागितामा सम्पन्न भएको छ । तालिममा संघका अध्यक्ष उदयराम कायस्थले मन्तव्यको क्रममा संस्थाका समितिले आफ्नो जिम्मेवारी, अधिकार र दायित्व नबुझेको कारण केहि सहकारी संस्थामा मात्र समस्या आएको जुन संस्थाका समितिले आफ्नो जिम्मेवारी बुझेका छन् र संस्था सहकारीको मुल्य, मान्यता र सिद्धान्त भन्दा बाहिर नगई सुशासन रहि संचालन गरेको संस्था जसको संस्थागत पुँजि बलियो छ ति संस्थाहरु बैंक भन्दा पनि बढि सुरक्षित रहेको हुँदा ढुक्क भएर कारोबार गर्न संस्थाका सदस्यहरुलाई आग्रह गर्दै त्यस्तो संस्थाहरुमा केहि समस्या आयो भने त्यसको जिम्मेवारी जिल्ला बचत संघ लिन तयार रहेको कुरा मन्तव्यको क्रममा राख्नुभएको थियो । तालिममा प्रशिक्षण संघका प्रबन्धक गुरु प्रसाद ढकाल र उप प्रबन्धक  रवि के.सीले गर्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्