IMG-LOGO

अन्तराष्ट्रिय योग दिवस सम्पन्न

 मंगल, असार १९, २०८१  ---

 

     पतंजली योग समिति काभ्रे, महिला पतंजली योग समिति काभ्रे र युवा नेपाल काभ्रेले दशौँ अन्तराष्ट्रिय योग दिवस बनेपाको योग भवनको दिव्यहलमा एक कार्यक्रम गरी भव्य रुपमा मनाईयो । उक्त कार्यक्रमको प्रमुख अतिथि महिला पतंजली योग समिति बाग्मती प्रदेशका सल्लाहकार सरिता शाक्यले योग प्रोटोकल अनुसार कक्षा संचालन गरी मनाईएको कार्यक्रममा स्वागत मन्तव्य पतंजली महिला योग समितिका अध्यक्ष इन्दिरा तौजलेले गर्नुभएको कार्यक्रममा शुभकामना मन्तव्य पतंजली महिला योग समितिका नि. वर्तमान अध्यक्ष अनु श्रेष्ठ, पतंजली योग समिति काभ्रेका नि.वर्तमान अध्यक्ष हरिशरण श्रेष्ठ, उपाध्यक्ष मोहन कृष्ण श्रेष्ठले दिनुभएको कार्यक्रमको सभापतित्व पतंजली योग समिति काभ्रेका अध्यक्ष प्रकाश कायष्ठले र संचालन महामन्त्री श्याम कुमार श्रेष्ठले गर्नुभएको थियो ।

     यसै विच पंतजली योग समिति काभ्रे र महिला समिति काभ्रेले दैनिक रुपमा जिल्ला व्यापी रुपमा संचालन गरिएको दैनिक मुठ्ठी दानबाट संकलन भएको चामल, दाल, तेल लगायतका खाद्यान्न सामाग्रीहरु एक समाहरोहका विच मानव सेवा आश्रमलाई हस्तान्तरण गरियो । ति खाद्यान्न सामाग्रीका अतिरिक्त नगद रु २२,९७२।–(अक्षरुपी बाईस हजार नौ सय बहत्तर मात्र) सहित पतंजली योग समिति काभ्रेका अध्यक्ष प्रकाश कायष्ठ, महिला अध्यक्ष ईन्दिरा तौजले, प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, सल्लाहकार सरिता शाक्य, नि.वर्तमान अध्यक्ष द्धय हरिशरण श्रेष्ठ र अनु श्रेष्ठबाट संयुक्त रुपमा उक्त मानव सेवा आश्रम दिपिका र संचालक खाईवा लामालाई हस्तान्तरण गरियो । सोहि अवसरमा उक्त आश्रममा आश्रित बृद्ध बृद्धा लगायत अशक्तहरुलाई पतंजली योग समितिबाट दिवा भोजको व्यवस्थापन समेत गरिएको थियो । साथै आगामी दिनहरुमा पनि यसरीनै सम्पूर्ण योग सेन्टरहरुमा मुठ्ठी दानको अभियान संचालन गरिने र उपयुक्त स्थानहरुमा यसरीनै सेवा गरिरहने अभियान चलाईने कुराको व्यहोरा अध्यक्ष प्रकाश कायष्ठले दिनुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्