दोलालघाट पुलबाट नदिमा हामफाली डुवि बेपत्ता भएको व्यक्तिको सनाखत भएको छ । बेपत्ता भई मृत्यु हुनेमा सिन्धुपाल्चोक बलेफी गा.पा.७ खाँडिचौर घर भई हाल काठमाडौ कपन डेरा गरी बस्ने अं.वर्ष ५० को गोविन्द तामाङ रहेको प्रहरीले जनाएको छ । मृतकको छोरा विजय तामाङले सि.सि.टि.भि.फुटेज हेरी पहिचान गरेको प्रहरीले जनाएको छ । गत असार ५ गते करिब २ः४५ को समयमा काभ्रेपलाञ्चोक भुम्लु गा.पा. ८ कोसीपारी स्थित सुनकोसी नदिको पक्कि पुलबाट नामथर वतन नखुलेको मानिस आफै हाम्फालि डुबि बेपत्ता भएका थिए । उनी असार १० गते .सिन्धुली गोलन्जोर गाउँपमलिका ७ खुर्कोट तल्लोबजार स्थित सुनकोशी नदी किनारमा मृत अवस्थामा फेला परेका छन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय काभे्रले जनाएको छ ।
