IMG-LOGO

एसईई परीक्षामा ४ जिपिए ल्याएकी छात्रा स्मृतिलाई विद्यालयले ग¥यो सम्मान

 मंगल, असार १९, २०८१  ---

     बनेपा स्थीत नालाको लिंकन वोर्डिङ स्कुलकी छात्रा स्मृीति श्रेष्ठलाई उत्कृष्ट जिपिए ल्याएकोमा विद्यालयले सम्मान गरेको हो । विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको लागि हरेक क्षेत्रमा ध्यान दिने गरेको विद्यालयका प्रिन्सिपल सुन्दर श्रेष्ठले बताउनु भयो । मेहनत अनुसार जिल्लाबाट उत्कृष्ट अंक ल्याएर जिल्ला प्रथम हुन सफल भएकी भन्दै अभिभावक गौमत श्रेष्ठले आफ्नो छोरीको उत्कृष्ट नतिजाले निकै हर्षित भएको बताउनु भयो । छात्रा स्मृतिसँगै लिंकन पनि उत्कृष्ट भएको संस्थापक निर्मला श्रेष्ठले बताउनु भयो ।

     वि.सं.२०५२ सालमा स्थापना भएको ज्ञानज्योति ईङ्लिस बोर्डिङ नामबाट संचालन भएको यस विद्यालयको पछि नाम परिवर्तन गरि लिंकन इन्टरनेशनल स्कूल राखिएको हो । एसएलसीमा सहभागी भएदेखि नै निरन्तर रुपमा नै उत्कृष्ट नतिजा ल्याउँदै आएको यो सफलता पनि उत्कृष्टताको निरन्तरता भएको विद्यालय व्यवस्थापनका अध्यक्ष उपेन्द्र सापकोटाले बताउनु भयो । उनले भने स्कूलले निरन्तर एसईईमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ ।

     जिल्लाबाट उत्कृष्ट अंक ल्याएर जिल्ला प्रथम हुन सफल भएको भन्दै बधाई ज्ञापन गर्दै धिमे बाजा सहित नाला परिक्रमा गरिएको थियो । यस वर्ष विद्यालयबाट १९ जना विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी भएका विद्यालयले जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्