IMG-LOGO

भरुवा बन्दुक सहित दुई पक्राउ

 मंगल, असार १९, २०८१  ---

     एक थान भरुवा बन्दुक सहित काभे्रको पाँचखालबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे पाँचखाल नगरपालिका १३ रोटेपिङ बस्ने उमेश राज उप्रेती र सोहि स्थान बस्ने सुदिप दिपाली रहेका छन् ।

     पाँचखाल नगरपालिका १३ कोसी देखा रोटेपिङ स्थित तेमालबेसी चौकीबाट गस्ति जाने क्रममा प्रहरीले देखेपछि भरुवा बन्दुक गोरेटो बाटोमा फाली फरार भएका थिए । प्रहरीले उनीहरुको खोजीकार्य तिब्र बनाएको थियो । खोजी गर्ने क्रममा पाँचखाल नगरपालिका १३ रोटेपिङ स्थित चौताराबाट उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुशान्धानको लागि जिल्ला प्रशासन काभे्र पठाइएको प्रहरीले जनाएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्