IMG-LOGO

मण्डनदेउपुर नगरपालिका वार्ड नं. ९ मा २१ औं राष्ट्रिय धान दिवस मनाइयो

 मंगल, असार १९, २०८१  ---

     मण्डनदेउपुर नगरपालिका वार्ड नं. ९ मा जलवायु मैत्री कृषि धान उत्पादनमा वृद्दि भन्ने मुल नाराका साथ २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव आयोजना गरिएको छ । कृषि विकास कार्यालय धुलिखेल, पशु सेवा कार्यालय धुलिखेल, मण्डनदेउपुर नगरपालिका तथा राष्ट्रिय किसान आयोगको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा मेशिनबाट धान रोपाइ गरि मनाइएको छ । कृषकहरुलाई मेशिनबाट धान रोप्ने प्रविधि तथा धानको विभिन्न जातहरु मध्ये कृषकहरुले लगाउदै आएको र नेपालको आफ्नै हाइव्रिड हर्दिनाथ हाइव्रिड–१ जातको प्रदर्शन सहितको कार्यक्रम आयोजना गरिएको छ । युवाजनशक्ति विदेश पलाएन भएको र गाँउमा कृषि मजदुरको अभाव भइरहेको सन्दर्भमा मेशिनको प्रयोग गरि रोप्दा लागत घटने समयको वचत हुने र उत्पादनमा समेत वृद्दि ल्याउने उद्देश्य अनुरुप कृषि विकास कार्यालयले प्रदर्शन कार्यक्रम सहितको धान दिवस कार्यक्रम आयोजना गरेको हो ।

     कार्यक्रमको अध्यक्षता मण्डन देउपुर नगरपालिकाका मेयर तोकवहादुर वाइबा, प्रमुख अतिथि बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मा.डा. राजेन्द्रमान श्रेष्ठ, बिशिष्ट अतिथिका रुपमा जिल्ला समन्वय समितिका प्रमुख श्री दिपक कुमार गौतम हुनुहुन्थ्यो । त्यसैगरि राष्ट्रिय किसान आयोगका सदस्यहरु, जिल्ला समन्वय समितिका उप प्रमुख रिम वहादुर तामाङ्ग, नगरपालिकाका मेयर विष्णुमणी नेपाल, राष्ट्रिय सहकारी महासंघका सदस्य सुमन नेपाल, केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका संचालक गोविन्द सापकोटा, राष्ट्रिय कृषक समुह महासंघका सदस्य लगाएत नगरपालिकाका जनप्रतिनिधिहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।

     एक पटकमा ६ लाइनमा रोप्न सकिने धान रोप्ने मेशिनबाट धान रोपाइको शुरुवात गर्दै वागमती प्रदेशका कृषि मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले कृषिको उत्पादन एवं उत्पादकत्व वृद्दिमा यान्त्रिकरणको ठुलो महत्व रहेको बताउनुभयो । पहाडी जिल्लाको लागि उपयुक्त हुने प्रविधि विस्तारमा कृषि विकास कार्यालयले खेलेको भुमिकाका लागि धन्यवाद समेत दिनुभयो । आफ्नो मन्तव्यका क्रममा मा. मन्त्रीले आगामी वर्षमा स्थानिय तह संग सहकार्य गर्दै बिशिष्टताको आधारमा एक वार्ड एक उत्पादन कार्यक्रम गरिने त्यसैगरि मलको अभावको वैकल्पिक व्यवस्थाको लागि भकारो सुधारका कार्यक्रम संचालन गर्ने दुग्ध एवं तरकारी जन्य बालीको उचित वजारीकरणको लागि बजेटको व्यवस्थापन गरिएको वारेमा समेत जानकारि गराउनु भएको थियो ।

     कार्यक्रममा बिशिष्ट अतिथि एवं जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले कृषि विकास कार्यालयको पहलमा जिल्लामा पहिलोपटक यन्त्र मैत्री धान दिवसको आयोजना भएकोमा खुसी व्यक्त गर्दै कृषिलाइ सम्मानित पेशा बनाउनका लागि प्रविधि मैत्री कृषिको आवश्यकताबारे आफ्ना भनाइहरु राख्नु भएको थियो । त्यसैगरि राष्ट्रिय किसान आयोगका सदस्य श्री जिवन्ती पौडलले धान दिवसको सन्दर्भ एवं असार १५ को महत्वको वारेमा प्रकाश पार्नुभयो । आफ्ना मन्तव्यको क्रममा प्रविधिलाइ अंगाल्ने क्रममा आफ्ना रैथाने प्रविधि एवं जातहरुलाइ भुल्न नहुनेमा समेत जोड दिनुभयो । कार्यक्रममा स्वागत मन्तव्य उप मेयर विष्णुमणी नेपालले उपस्थित सवैलाइ स्वागत गर्दै धानको उत्पादन एवं उत्पादकत्व वृद्दिका लागि असार १५ अनि यान्त्रीकरणको महत्वका वारेमा समेत प्रकाश पार्नु भएको थियो ।

     कार्यक्रमको संचालन गर्दै कृषि विकास कार्यालयका प्रमुख कुल प्रसाद दवाडीले धान नेपालीहरुको सामाजिक सास्कृतिक आर्थिक एवं धार्मिक जिवनको अभिन्न अंगको रुपमा रहेको धान नेपालको अर्थतन्त्रको मेरुदण्डमा रहेको देशै भर करिव ज्ञद्ध लाख छठ हजार क्षेत्रफलमा धान खेति भइ करिव ५५ लाख मे टन धान उत्पादन हुने जानकारी गराउनु भयो । साथै काभ्रे जिल्लामा करिव ११ हजार हेक्टरमा धान खेति गरिने गरिएको जसमध्ये करिव १० हजार हेक्टर क्षेत्रफलमा बर्षे धानबाली हुने गरेको र यो वर्षको असार १५ गते सम्म करिव ३४ प्रतिशत खेतमा धान रोपाइ सम्पन्न भइसकेको समेत जानकारी गराउनुभयो । यो वर्षको धानदिवसको नारा सुहाउदो प्रविधि प्रदर्शनका कार्यक्रम सहित धान दिवस मनाइएको जानकारी गराउनु भयो । कार्यक्रममा सहभागिहरुलाइ प्रविधि प्रदर्शन अन्तरगत धानको जातिय प्रदर्शन सहितको धान रोप्ने मेशिन बाट धान रोपाइ कार्य र रोपाइ महोत्सवमा सहभागि भइ हातले धान रोप्नका लागि छुट्टै खेतमा धान रोप्ने व्यवस्था समेत मिलाइएको थियो ।

     अन्त्यमा कार्यक्रमका अध्यक्ष एवं नगरपालिकाका मेयर श्री तोकवहादुर वाइबाले धान दिवसका लागि मण्डनदेउपुर नगरपालिकालाई चयन गरेकोमा धन्यवाद दिदै नगरपालिकाले कृषकमैत्री कार्यहरु संचालन गर्दै आएको कृषकहरुको माँगका आधारमा कार्यक्रम तथा योजनाहरु बन्ने गरेको साथै नरपालिका तरकारी र दुध उत्पादनमा जिल्लामा अग्रणी स्थानमा रहेकोमा अवका दिनमा यान्त्रीकरण लगाएत प्रविधिको अनुसरण गरि कृषि कर्म गर्ने पालिकामध्ये पहिलो स्थानमा आउने गरि कार्यक्रमहरु गरिने विचार राख्नुभयो । धान दिवस मनाउन सक्रिय रुपमा लागि पर्ने आयोजक संस्था एवं सहयोगी संस्थाहरु सवैलाइ धन्यवाद सहित कार्यक्रमको औपचारिक रुपमा समापन गर्नु भएको थियो । 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्