आयुर्वेद तथा वैकल्पिक चिकित्सा कार्यालय बनेपाले जिल्लाका क्रियाशिल सञ्चारकर्मी बीच अन्तरक्रिया कार्यक्रम हिजो होटल प्रिन्स धुलिखेलमा सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघ काभे्रका अध्यक्ष बद्रीराज तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व आयुर्वेद तथा वैकल्पिक चिकित्साय बनेपाको कार्यलय प्रमुख डा. वंशवदा कौडिण्न्यायनीले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि पत्रकार महासंघ काभे्रका अध्यक्ष तिमल्सिनाले आयुर्वेद औषधालयले नागरिकहरुलाई सेवा प्रवाह स्तरीय दिनुपर्ने बताउनुभयो । गाउँका कुना कन्दराहरुमा नागरिकहरुलाई आयुर्वेद औषधीको महत्व र प्रभावकारीतालाई सचेतना फैलाई रोग निवारणका लागि थप प्रयास गर्नुपर्ने प्रमुख अतिथी तिमल्सिनाले बताउनुभयो ।
आयुर्वेद चिकित्सालयको कार्यलय प्रमुख डा. बसम्वदा कौडिण्यानीले कार्यालयले २३ देखि २७ किसिमका आयुर्वेद औषधीहरु काभे्र जिल्लाका स्थानीय तहहरुमा सञ्चालित आयुर्वेद औषधालय, आयुर्वेद स्वास्थ्य केन्द्रबाट सेवाग्राहीलाई क्लिनीक र स्वास्थ्य केन्द्रबाट औषधी निःशुल्क वितरण गर्दै आएको बताउनुभयो । पूर्वकर्म, पञ्चकर्म, योग र ध्यान गर्नाले मानसिक तनाब कम हुने, रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले नागरिक सबैले योग र ध्यान गर्न आवस्यक रहेको कार्यलय प्रमुख कौडिण्यानीले उल्येख गर्नुभयो । नेपालमा ७७ जिल्लाका ३ सय ८० भन्दा माथि आयुर्वेद चिकित्सालयबाट निःशुल्क वितरण गर्दै आएको जनाएको छ । बनेपा, धुलिखेल, पनौती, पाँचखाल नगरपालिका, रोशी र बेथानचोक गाउँपालिकामा सञ्चालित आयुर्वेद औषधालय, स्वास्थ्य संस्थाबाट नागरिकहरुलाई सेवा प्रदान गर्दै आएको जनाएको छ । मुुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, नागरिक आरोग्य सेवा अभियान, अम्लपित्त स्त्रीरोग, बालरोग, विद्यालयमा आयुर्वेद शिक्षा तथा योग शिक्षा, कैदीबन्दीलहरुलाई तनाव व्यवस्थापन योग अभ्यास, स्वास्थ्यकर्मीमार्फत जीवनशैली परिवर्तन कार्यक्रम लगाएत कार्यक्रम गर्दै आएको आयुर्वेद चिकित्सालय बनेपाले जनाएको छ ।
नेपालमा ४ हजार भन्दा बढी जडीबुटी उत्पादन हुने भएपनि औषधी विभागले स्वीकृत दिएको औषधी विक्री वितरण गरिने जनाएको छ । ऋतु अनुसार उत्पादन खाद्ययान्न फलफुलको मात्र उपयोग गर्नाले जीवन सुखमय र निरोगी हुने बताइएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभे्रका पूर्व अध्यक्ष मोतिराम तिमल्सिना, जिल्लाका क्रियासिल सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । आयुर्वेद चिकित्सालयबाट दैनिक ५० जनाले दैनिक सेवा लिने गरेका छन् ।
