IMG-LOGO

कृषि उपजमा मुल्य अभिवृद्धि कर वृद्धि नगर्न व्यवसायीको विरोध

 मंगल, असार १९, २०८१  ---

 

     विषादी व्यवसायी संघ नेपालले कृषि बालीनालीमा प्रयोग हुने विषदीमा लाग्ने मुल्य अभिवृद्धि कर (भ्याट) वृद्धि गरेको भन्दै बनेपामा विरोध जनाएको छ । आ.व २०८१÷०८२ को लागि ल्याइएको बजेटमा भ्याट लागु गरिएपछि सम्बन्धित निकायमा ध्यानाकर्षण पत्र बुझाउँदा सकारात्मक जवाफ आएको तर गत असार ११ गते प्रस्तुत बजेटलाई नै निणयार्थ पास गरेकोमा संघले आपत्ती जनाउँदै विरोध जनाएको केन्द्रिय महाचिव रामचन्द्र कार्कीले जानकारी दिनुभयो । विषादी पन्जीकरण शुल्कमा ५०० प्रतिशत देखि १००० प्रतिशत सम्म प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले एकलौटी रुपमा शुल्क वृद्धि गरेकोले उक्त वृद्धि गरेको शुल्क खारेज गर्न माग गर्दै संघले देशैभरी शुक्रबार र शनिबार विरोध प्रर्दशन गरी पसल समेत बन्द गरेको  व्यवसायी रमन मानन्धरले जानकारी दिनुभयो । बनेपाको चार दोबाटोमा गरिएको विरोध प्रदर्शनमा विषादी व्यवसायी संघका केन्द्रिय सदस्य भानुभक्त खतिवडा लगायत काभे्रमा रहेका व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्