IMG-LOGO

जननेता मदनको ७३ औं जन्म जयन्ती

 मंगल, असार १९, २०८१  ---

     धुलिखेलमा आयोजित जननेता मदन भण्डारीको ७३ औ जन्मजयन्ती समारोहमा बोल्दै मदन भण्डारीको धर्मपत्नि समेत रहनु भएकी विद्यादेवीले राजनीति समाज रुपान्तर गर्ने साधन हो । व्यवसाय गरे जस्तो गरी खाने रुपमा अघि बढेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

     एमाले पार्टी जनताको सुख दुःखको सारथी भएकोले जनताका जनजीवीकाको सवालमा रुपान्तरण नलाइ आर्थिक समृद्धिको गन्तव्य पुरा नहुने, सामन्तवादको अवशेष रहिन्जेल जनताले मुक्ति नपाउने हुँदा एमाले पार्टी राष्ट्र निर्माणको लागि उभिएको सन्देश मदन भण्डारीले प्रदान गरेको पूर्व राष्ट्रपति भण्डारीले उल्लेख गर्नुभयो, उद्योग धन्दा कलकारखाना खोलेर रोजगारीको सृजना गर्नुपर्ने बताउनु भयो ।

     राष्ट्रपति हुँदा पनि काभ्रेको नालामा रहेको ब्रम्हा पार्क, धुलिखेल अस्पताल लगायतका विभिन्न स्थानमा आउँदा विगतको स्मरण रहेको पुर्व राष्ट्रपति भण्डारीले उल्येख गर्नुभयो । कार्यक्रममा एमालेका पोलिटयूरो सदस्य एवं संघीय सांसद गोकुल बास्कोटा, एमाले काभ्रेका पूर्व अध्यक्ष अशोक व्याञ्जु, वर्तमान अध्यक्ष नवराज भूर्तेल लगाएतको मन्तव्य राख्नु भएको थियो । मदन भण्डारी फाउण्डेशन काभ्रेका अध्यक्ष कुमार तिमल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य रिता ढकालले गर्नुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्