बनेपा नगरपालिका–८ वाँख्योटोलमा रहेको युनिटि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र कोषाध्यक्ष पक्राउ परेका छन् । बचतकर्ताको करिब ३ करोड अपचलन गरेको आरोपमा युनिटि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णलाल शुद्दकार र कोषाध्यक्ष निरज राजवंशी पक्राउ परेका हुन् । बचतकर्ताहरुलाई ललाई फकाई बचतको सुरक्षा हुन्छ भनि विश्वासमा पारी बचत लिएको र फिर्ता माग्न जाँदा बचत फिर्ता नगरेको पीडितको गुनासो छ । निवेदकहरुले फिर्ता माग्न जाँदा समेत वचत रकम फिर्ता नगरेको हुँदा कानून बमोजिम ठगी मुद्धामा कारबाही गरी पाउँ भनी ३० जना पिडितहरुले निवेदन दिएका थिए । प्रहरीले निजहरुलाई पक्राउ गरी कानून बमोजिम ठगी मुद्धामा कारबाही गरी पाउँ भनी २ करोड ४३ लाख ११ हजार १६४ रुपैयाँ ठगी कसुर मुद्धामा मुद्धा दर्ता गरेको छ । थप अनुसन्धानको कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रेले जनाएको छ ।
