कोभिड-१९ को संक्रमण तिब्र गतिमा बढी रहेकोले जिल्ला प्रशासन कार्यालय धुलिखेलले २०७८ ज्येष्ठ २ गते राती १२ बाट १२ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरेको छ । कोभिड-१९ को सम्भावित संक्रमण, रोकथाम तथा नियन्त्रणको लागि संक्रमक रोग एने २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरी निषेधाज्ञा जारी गरिएको हो ।
औषधी उपचार, खाद्य बस्तु खरिद जस्ता अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कन, हिड्डुल, आवतजावत गर्न नपाउने, सबै प्रकारका गोष्ठी, भेला, जुलुस, सभा, सम्मेलन, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमीङ पुल, मनोराञ्जन स्थल, शैलुन, व्युटीपार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, संग्राहालय, महोत्सव, पार्टीभोज आदि सञ्चालन गर्न पाइने छैन् ।
बैँक तथा वित्तीय संस्थाहरुको हकमा राष्ट्रबैँकबाट ईजाजत प्राप्त बैँकहरुले सम्बन्धीत निकायको स्वीकृती लिई आलोपालो गर्ने विमा कम्पनी तथा सहकारी संस्थाहरुले निषेधज्ञा आदेश अवधिभर कार्यालय सञ्चालन नगर्ने, अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी सेवा, दुरसञ्चार, बैक, वित्तीय संस्था, इन्टरनेट, खाद्ययन्न, तरकारी, फलफुल, दुध तथा दुग्ध पदार्थ ढुवानी, मासु तथा मासुजन्य बस्तु बोकेको सवारी साधन, क्वारेन्टिन, आइसोलेसन, फोहोर मैलाव्यवस्थपन, कुरियर तथा डाक सेवामा प्रयोग भएका सवारी सधानहरुमा विषयक उल्लेख गरी सञ्चालन गर्न पाउने, जिल्ला भित्र प्रयोग हुने विकास निर्माणका सामग्री ढुङ्गा, गिटी, बालुवा र अन्य निर्माण सामग्रीहरु ढुवानी गर्ने सवारी साधनहरु राती ९ बजे देखि विहान ५ बजेसम्म सञ्चालन गर्न पाउने छ ।
खाद्यान्न, डिपार्टेमेन्टल स्टोरको ग्रोसरी सञ्चालन गर्ने समय विहान ६ बजे देखि विहान १० बजे सम्म मात्र स्वास्थ्य सुुरक्षा मापदण्ड प्रयोग गरेर मात्र सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो ।
