नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता हुने भएको छ । यसअघि शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लामो छलफल गरेका ओलीले त्यसको भोलिपल्ट प्रचण्डसँग भेट्न लागेका हुन् । भेटअघि ओली र प्रचण्डबीच टेलीफोन संवाद भएको थियो । यसअघि ओलीले कांग्रेस सभापति देउवासँग आफ्नै निवासमा शनिबार करिब २ घण्टा कुराकानी गरेका थिए । कांग्रेस र एमाले मिलेर सरकार चलाउनुपर्छ भनेर कांग्रेसक केही नेताहरूले लबिङ गरिरहेको अवस्थामा ओली र देउवाबीच भएको भेटलाई महत्वका साथ हेरिएको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी मन्त्रीहरूलाई सामूहिक रुपमा आफ्नो निवास बालकोट नबोलाएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बताएका छन् । मन्त्रिपरिषद्को बैठक सकिएपछि मन्त्री गिरीले अध्यक्ष ओलीले एमालेबाट सरकारमा सहभागी भएका नेताहरूलाई बालकोट नबोलाएको बताएका हुन् । ’अध्यक्षज्यूले हाम्रो पार्टीबाट मन्त्री हुनुभएकाहरूलाई आफ्नो निवास बालकोटमा सामूहिक रूपमा बोलाउनुभएको छैन,’ उनले भने ।
यसैबीच, अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले पनि सरकारमा सहभागी मन्त्रीहरूलाई बालकोट नबोलाएको जनाएको छ । सामाजिक सञ्जालमा अध्यक्ष ओलीको सचिवालयले लेखेको छ, ’अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी मन्त्रीहरूलाई अहिले साँझ छलफलमा बोलाएको भन्ने विभिन्न सञ्चार माध्यममा खबर आइरहेको छ । त्यो अफवाह त्यसमा सत्यता छैन मन्त्री गिरील भने तर मन्त्रीहरूलाई अध्यक्ष ओलीले अहिले छलफलका लागि बोलाउनु भएको खबर सत्य नभएको जानकारी गराइन्छ ।’ एमाले र कांग्रेस मिलेर सरकार गठन गर्ने भन्ने चर्चाका बीच अध्यक्ष ओलीले मन्त्रीहरूलाई बालकोट बोलाएको सूचना सार्वजनिक भएका थिए ।
