बालबालिकाहरुको आत्मरक्षाको लागि ३ दिने सेल्फ डिफेन्स तालिम कार्यक्रम सम्पन्न भएको छ ।
बनेपामा गत मंगलबार सम्पन्न कार्यक्रममा बनेपा नगरपालिकाको सहयोगमा सञ्चालित उक्त कार्यक्रमको संयोजक बनेपा वडा नं ७ की सदस्य सोनी बज्राचार्य संयोजक हुनुहुन्थ्यो ।
बाल यौनदुराचार , बढ्दो हत्या हिंसाको विरुद्धमा आत्म रक्षाका लागी सचेतना जगाउने कुरा प्रशिक्षक नवराज मानन्धरले बताउनुभयो ।
