थानचोक नारायणस्थानसम्म केबलकार संचालन गरिने
बेथानचोक गाउँपालिकाको १५ औं गाउँसभामा ६४ करोड १२ लाख ४८ हजार रुपैंयाको बजेट बिनियोजन भएको छ ।
सोमबार गाउँसभालाई सम्बोधन गर्दै अध्यक्ष भगवान अधिकारीले आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै समृद्ध बेथानचोक , सुखी बेथानचोकबासी को दीर्घकालीन सोच अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पब्लिक भ्वाइस र पब्लिक च्वाईस लाई मुलमन्त्र मान्दै यस पटकको नीति तथा कार्यक्रम तयार पारिएको उहाले बताउनुभयो । एक वडा एक पार्क , सार्बजनिक जग्गा संरक्षण, उज्यालो बेथानचोक, ग्वाभन्ज्याङमा औद्योगिक ग्राम निर्माण, काठको पोल बिस्थापित गरि स्टिल पोलको स्थापना, हाईकीङ सिटि निर्माण, अध्यक्ष सङ घुम्ती शिक्षक, एक घर एक धारा, बेथानचोक नारायण स्थानमा केबलकार सञ्चालन ,भुमि बैंकको कार्यान्वयन, छोरी बुहारीलाई निशुल्क शिक्षा, एक शिक्षक एक ल्यापटप, आहातलाई राहत ,धर्मकुन्ड निर्माण, निशुल्क कृतिम पशु गर्भाधान, वडास्तरमा नमुना फार्म स्थापना, १ वडा एक पकेट क्षेत्र कार्यक्रम, बिद्यालयहरुमा सिक्दै कमाउदै कार्यक्रम, उपाध्यक्ष सङ महिला पहिला जस्ता समृद्ध पालिका बनाउन सम्पूर्ण क्षेत्रको विकासलाई ध्यान दिएर काम गर्ने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष तारा रानामगर तिमल्सिनाले स्वागत मन्तव्य राख्नुभएको थियो ।
