काभे्रको नमोबुद्ध नगरपालिकाले आ.व २०८०÷०८१ को लागि प्रस्तुत न्तिि तथा कार्यक्रम सर्वसम्मतका लागि पारित गरेको छ । शुक्रबार नगरपालिकाको दोश्रो नगरसभाको पाँचौ अधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रम पारित गरेको हो ।
सभामा नगरप्रमुख कुनसाङ लामाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नगर प्रमुख लामाको अनुमतीले प्रमुख प्रसाशकिय अधिकृत शेषकान्त पौडेलले बाचन गरेको नीति तथा कार्यक्रम स्वीकृत गरियोस भनि नगर प्रमुख लामाले निर्णर्थ प्रस्तुत गरेको नीति तथा कार्यक्रम पास भएको छ । नगरपालिकाको असार १० गते बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने जनाइएको छ ।
नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कृषि तथा पशुपंक्षी नीतिलाई प्राथमिकता दिइएको छ । भकुण्डेवेशीलाई निकटवती पालिका एवं जिल्लाको व्यापारिक केन्द्रको रुपमा विकास गर्न , नगरको गौरवको रुपमा रहेको नमोबुद्ध चैत्य परिसरलाई विश्व सम्पदा सूचिमा सूचीकृत गर्न नेपाल सरकार र प्रदेश सरकारसँगको समन्वयमा थप पहल गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । यसैगरी दाप्चा पुरानो बजार , फूलबारी, भेंडाबारी, कानपुर, कोटतेमाल र काँक्रे बजारलाई पर्यटकीय एवं साँस्कृतिक क्षेत्रको रुपमा घोषणा गरिने नीति लिइएको छ ।
बेरोजगारहरुको पहिचान गरी रोजगार सेवा केन्द्रमा सूचीकृत गर्दै नगरपालिका भित्र सृजना भएको रोजगारीमा सिफारिस गर्ने, सबै घरपरिवारलाई आधारभूत खानेपानी सेवा उपलब्ध गराउने गरी उक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिइने, कक्षा १ देखि ५ सम्म क्रमशः अंगे्रजी माध्यममा पठन पाठन गरिने पनि आगामी आर्थिक वर्षको निती तथा कार्यक्रममा उल्लेख छ । बालमत्री स्थानीय तहको घोषणाको तयारीमा जुटेको नगरपालिकामा निर्माण हुने हरेक संरचनालाई बालमैत्री बनाइने नीति लिईएको छ । नगरको मुख्य मुख्य चोकहरुमा निःशुल्क वाईफाईको व्यवस्था मिलाईने नीति नगरपालिकाको छ ।
