रोशी गाउँपालिकाले आगामी वर्ष २०८१÷०८२को लागि ६९ करोड २१ लाख बजेट ल्याएको छ ।
गाउँपालिका अध्यक्ष दिनेश लामाले नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभयो । गाउँपालिका उपाध्यक्ष मिनबहादुर वाईबाले आगामी वर्षको लागि बजेट प्रस्तुत गर्नु भएको थियो । आन्तरिक स्रोतबाट १ करोड २४ लाख ८४ हजार, स्थानीय राजश्व बाँडफाँडबाट ४ करोड ४० लाख, संघीय राजश्व बाँडफाँड बाट १० करोड ६५ लाख, प्रदेश राजश्व बाँडफाँडबाट ३ करोड ९६ लाख ५८ हजार, संघीय सरकार समानीकरणबाट १० करोड ३० लाख, संघीय सशर्त अनुदान बाट ३१ करोड १३ लाख ९३ हजार, संघीय समपुरक अनुदान १ करोड, प्रदेश सरकार समानीकरण ९८ लाख ९३ हजार, प्रदेश सरकारको सशर्त अनुदान ३ करोड १० लाख ७० हजार, प्रदेश सरकारको समपुरक अनुदान २ करोड प्रस्ताव गरेको छ ।
सभामा सभा सदस्य, सञ्चारकर्मीको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकिय अधिकृत रामबहादुर तामाङले गर्नुभएको थियो ।
