IMG-LOGO

बनेपामा भोमी अस्पताल

 मंगल, जेठ ४, २०७८  ---


    बनेपा नगरपालिका-१० जनागालमा भोमी अस्पताल संचालनमा आएको छ । अस्पतालको उद्घाटन बनेपा नगरपालिकाका नगरप्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले संयुक्त रुपमा गरे । 
    नेवारी भाषामा भोतं भनेको बनेपा शहर र भोमी भनेको बनेपालीलाई भनिन्छ ।  पहिला नेपालीमा बनेपालाई बन्दिकापुर पनि भनिन्थ्यो  ।  
    भोमी नामबाट बनेपाका युवा सगुन कायस्थको लगानीमा आइतबार जेठ २ गतेबाट भोमी अस्पताल पुलबजार बनेपा संचालनमा आएको छ ।  कोभिड महामारीमा बिरामीको सक्दो उपचार हुने कुरामा हामी बिश्वस्त छौ ।  सगुन कायस्थ बनेपाका लम्बोदर कायस्थका सुपुत्र हुन् ।  काभ्रे बहुमुखी क्याम्पसका अध्यक्ष लम्बोदर बनेपामा नेकपा एमालेका सस्थापक पनि हुन् । लम्बोदर कायस्थका समकालीन साथीहरुका छोराहरु भन्दा अब्बल छोरा सगुन कायस्थको परिचय भएको छ । ५ बर्ष भन्दा बढी शिरमेमोरियल  अस्पपताल बनेपा र करिव २ दशक बि एण्ड बि हस्पिटल  ग्वार्कोमा काम गर्नु भएको अनुभव सगुनसंग छ ।
    तीनजनाको संयुक्त लगानीमा १० करोडको लागतमा संचालित भोमी अस्पतालका दुई ओटा भवन २५ बेड, ९ बेड आईसियू, ३ बेड भेन्टिलेटरको सुविधा उपलब्ध छ । अस्पतालको फोन  ९८५१०७७५३२ हो भने वेवसाइट    जततउररदजयmष्जयकउष्तब।िअयm, इमेल ः कगउउयचत२जबmचयजयकउष्तब।िअयm रहेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्