IMG-LOGO

बनेपा नगरको १ अर्ब २५ करोड बजेट

 मंगल, असार १२, २०८१  रमेशप्रसाद न्यौपाने÷हरिनाथ न्यौपाने

        स्थानीय निकायको वार्षिक बजेट हरेक वर्ष असारको १० गते भित्र ल्याइसक्नुपर्ने कानूनी प्रावधान अनुसार काभ्रे जिल्लाका १३ वटा पालिकाहरु मध्ये अधिकांशले बजेट ल्याए । बनेपा नगरपालिकाले हिजो सोमबार १४ औं नगर सभा नगरप्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा सम्पन्न भयो ।

     नगर उपप्रमुख बिमला सापकोटा दाहालले आगामी वर्ष २०८१÷०८२ को वार्षिक बजेट प्रस्तुत गर्नुभयो । उपप्रमुख दाहालले १ अर्ब २५ करो ३६ लाख ३० हजार एक सय ३१ को बजेट प्रस्तुत गर्नुभयो । नीति तथा कार्यक्रम नगरप्रमुख शान्तिरत्न शाक्यले प्रस्तुत गर्नुभयो । विनयिोजन विधेयक २०८१ सभा समक्ष प्रस्तुत गरी पारित गरेको छ ।

     ठूला तथा व्यवसायिक कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गर्ने, संघीय सरकारको मसन्वयमा कृषक परिचय पत्रको व्यवस्था मिलाउने, कृषि उपजको उचित मूल्य र बजारीकरणका लागि सित भण्डारण निर्माण परियोजना प्रतिवेदन तयार भईसकेको संघ र प्रदेश सरकारको सहकार्यमा निर्माण गर्ने । पर्यटन क्षेत्रको विकास तर्फ नगरकोट वासुकी पार्क, गोसाईस्थान चप्लेटी लामागाउँ मगर गाउँ आशापुरी नागीडाँडा शान्तिपार्क धनेश्वर कासिभञ्ज्याङ्ग, खावा, गुठी जस्ता स्थलहरु जोड्ने टे«किङ्ग रुट निर्माण गर्ने नीति लिएको छ । सहकारी क्षेत्रलाई सुशासन र स्वमूल्यांकनमा ल्याइने नीित अघि सारेको छ । आधुनिक प्रविधिहरुमा पहुँच पु¥याई प्रविधिमैत्री शिक्षण सिकाई विधि अबलम्बन सिशक्षकहरुको क्षमता अभिवृद्धि गर्ने निःशुल्क आधारभूत शिक्षा घोषणा, खानेपानी व्यवस्थित, स्वास्थ्यको गुणस्तरीय पहुँच विस्तार गर्ने २०८१ साउन २ गतेदेखि पूर्वाधार विकास तर्फ १० लाख सम्मका योजनाहरु उपभोक्ताबाट, त्यसभन्दा माथिका योजनाहरु ठेक्का प्रक्रियाबाट कार्यान्वयन गरिने नीति लिएको छ ।

     प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईं सभाका सदस्य र संचारकर्मीहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन बरिष्ठ प्रशासकीय अधिकृत ध्रुवराज नेपालले गर्नुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्