बनेपा÷जिल्ला प्रहरी कार्यालय धुलिखेल र ईलाका प्रहरी कार्यलय बनेपाका औषधि पसलहरुमा लागुऔषध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । “लागु औषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुदको अन्तराष्ट्रिय दिवश २०२४“ अन्तर्गत सप्ताहाव्यापी कर्यक्रमको अवसरमा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईहरुको आयोजनामा ूप्ब्ल् ऋबmउबनष्ल प्बखचभ ब्नबष्लकत ल्बचअयतष्भकू अवधारणा अनुरुप “ हामिले चाहे कयौ दिन, तपाईले चाहे एकै छिन“ नाराका साथ लागुऔषध सम्बन्धी सचेतना कार्यक्रम गररिएको हो ।
डाक्टरको पे्रस्क्रिप्सन बिना औषधी बिक्री बितरण नगर्र्न, युवाहरूलाई सिरिन्ज सहजै उपलब्ध नगराउन, शंकास्पद ब्यक्ति आएको खण्डमा प्रहरीलाई जानकारी गराउन रे टोल, छरछिमेक, घर तथा बिधालय वरपर लागुपदार्थ प्रयोग कर्ता छन र कसैले प्रयोग गरेको देखेमा प्रहरीलाई जानकारी गराउन अनुरोध गराइएको थियो ।
