IMG-LOGO

परिश्रमी ढुंखर्केली नवराज दुध र खुवा विक्री गरी मनग्य कमाउँछन्

 मंगल, असार १२, २०८१  रमेशप्रसाद न्यौपाने

    गरे के हुँदैन ! मिहेनत र परिश्रम गरे देशमै सुन फलाउन सकिन्छ भन्ने दरविलो पात्र बन्न सकेका छन् बथोनचोक गाउँपालिका वडा नं २ पाट्ने खोला निवासी पिता देवी बहादुर तिमल्सिना÷माता मनोकुमारी तिमल्सिनाका छोरा ४० वर्षीय नवराज केसी । विगत ५ वर्षदेखि जन्मथलोलाई नै कर्मथलो बनाई देउराली खुवा एण्ड दुध संकलन केन्द्र सञ्चालन गरी बिहान ५ बजे देखि बेलुका १० बजेसम्म १७ घण्टा दुध संकलन र खुवा घोट्दैमा नवराजको दैनिक दिनचर्या वित्ने गरेको छ । खुवा उद्योग र दुध संकलनमा सारथीकोरुपमा कार्य गर्न उनकी श्रीमती बिमला केसी, २१ वर्षीय छोरी नवीना केसी  र १९ वर्षीय छोरा नविन केसीले सघाँउदै आएका छन् । दिनको ५ सय लिटर दुध संकलन गरी दैनिक  ३ सय लिटर दुधबाट खुवा घोट्दै र दुई सय लिटर दुध बजारमा विक्री गर्ने गरेको संचालक केसी बताउँछन् । दुध विक्रिबाट मासिक ६ लाख र खुवा वक्रिबाट १३ लाख मासिक आर्थिक कारोबार गरी खर्च कटाएर मासिक १ लाख ५० हजार कमाई हुने गरेको  देउराली खुवा एण्ड दुध संकलन केन्द्रका सञ्चालक केसी बताउँछन् । गाउँघर होस् या सहरको चियापसलमा चिया खाँदै अरुको कुरा काट्ने, राजनीतिक वक्तव्यबाजी गर्दै अरुलाई सराप्ने कार्य बन्द गरौं ः आफ्नो भएको जग्गा जमिन बाँझो नराखौं, मासिक एक डेढ लाख कमाउन खाडी  मुलुकको ४० डिग्री तापक्रममा पसीना बगाउन दगुर्नु पर्दैन । आफ्नै मुलुकमा , घरपरिवारसँग हाँसीखुसी , रमाई जीवन बिताउन सकिन्छ । पूँजी , श्रम र सीपको सहि सदुपयोग गरी मिहेनतका साथ परिश्रम गर्दा देशमै सुन फलाउन सकिन्छ ः देउराली खुवा एण्ड दुध संकलन केन्द्रका सञ्चालक केसीको तर्क छ । 

     इलेक्ट्रीक र ग्यासको प्रयोगबाट खुवा घोट्ने मेशिनमा १८ लिटर दुधबाट १ घण्टामा साढे ४ किलो खुवा उत्पादन हुन्छ । त्यसको साथ साथै दाउराको प्रयोगबाट आगोको माध्यमबाट पनि खुवा उत्पादन गर्ने गरिएको छ । उक्त उद्योग सञ्चालनबाट २ जनालाई रोजगारी, छोराछोरीलाई उच्च शिक्षाको प्रवन्ध गरी घर व्यवहार रामै्र चलेको र दुध, खुवा बजारमा विक्रि गर्ने यातायातको साधन १७ लाखको बोलेरो खरिद गरेको सञ्चालक केसीले बताए ।

     उद्योगबाट उत्पादित खुवा काभे्रको बनेपा, धुलिखेल, पनौती तथा काठमाडौं, भक्तपुर र ललितपुर विक्री गर्दै हालसालै मात्र खाद्य तथा गुण नियन्त्रण विभागबाट उद्योगकै नाममा  अनुज्ञ पत्र लिएको हुँदा खुवा ब्राण्डीङ गरी विक्रि गर्ने तयारी गरीएको सञ्चालक केसीले बताए ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्