पाँचखाल न.पा. ७ शिखरपुर स्थित रहेको ह्वाइट बार रिसोर्ट (ध्ज्क्ष्त्भ् द्यब्च् च्भ्क्इच्त्) मा बस्ने बर्ष ५२ को उद्धब सापकोटा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । गम्भीर घाईते भई उपचारको लागि निजको छोराले धुलिखेल अस्पतालमा आइतबार राती ११ः३० बजे अस्पताल ल्याउन साथ उक्त अस्पतालको डाक्टरले मृत घोषणा गरेको कुरा जिल्ला प्रहरी काभ्रेले जनाएको छ । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।
